कान्तिपुर बचत तथा ऋण सहकारी संस्था लि.को दशौ वार्षिक साधारण सभा सम्पन


कञ्चनपुर: कान्तिपुर बचत तथा ऋण सहकारी संस्था लि.को दशौ वार्षिक साधारण सभा समपन्न भएको छ ।
भीनपा भित्र बस्ने २५ जना विभिन्न व्यवसायमा आवद्ध युवाहरुद्वारा स्थापित सुरुका दिनहरुमा यसको कार्यक्षेत्र भीनपाका दुईवडामा मात्र सिमित थियो भने हाल भीनपाका १९ वटै वडालाई समेटेर हिडेको संस्थाका अध्यक्ष कविराज अवस्थीले बताउनु भयो ।
ग्रामिण तथा स्थानिय स्तरमा छरिएर रहेको सानो सानो पूँजीलाई संकलन गरी सोही पूँजीलाई परिचालन गरि सदस्यको आर्थिक तथा समाजिक जीवनस्तर माथि उठाई गरिबी न्यूनीकरण गर्नुका साथै वित्तिय आवश्यकतालाई पुरा गर्ने प्रमुख लक्ष्य लिएको अध्यक्ष अवस्थीले बताउनु भयो।
संस्थाले यस आर्थिक वर्षमा आय–व्यय तर्फ कुल आय–व्यय रकम नौ करोड चौविसलाख सन्ताउन हजार दुई सय अन्ठाउन रुपैया तेह् पैसा बराबरको कारोबार गरेको छ ।
शनिबार सम्पन भएको दर्शौ वार्षिक साधारण सभाको समापति संस्था अध्यक्ष कविराज अवस्थीले गर्नु भएको थियो भने प्रमुख अतिथी संस्थापक अध्यक्ष भूवनराज भट्ट, अतिथि पूर्व अध्यक्ष मिलाप थापा, एनएमवि बैंकका झलारी शाखा प्रमुख छविराज जोशी रहनु भएको थियो ।


ताजा समाचार

spot_img