कञ्चनपुर: ‘संस्कृति संरक्षण र पहिचान प्रर्वद्धन हाम्रो पहिचान’ भन्ने मुल नारा बोकेको बडिमालिका एकता समाजको आज एक समारोह विच प्रथम वार्षिक साधारण सभा तथा प्रथम अधिवेशन भएको छ । बाजुराका युवाहरुको समुदाय मिलाएर बनाइएको एकता समाज आफ्नो समुदायको विकासको लागि र हक हितको लागि बनाईको हो । साथै आफ्नो लोक संस्कृति, पहिचानको प्रवद्र्धन पनि गर्न एकता समाजको आवश्यक भएको नयाँ चयन भएका अध्यक्ष डम्मबर खड्काले बताए । खुला सत्र कार्यक्रममा अफिलाल जोशीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिर्थी पूर्व राज्य मन्त्री लाल बहादुर खड्का हुनु हुन्थ्यो भने विशिष्ट अतिथिीमा बचन ब. सिह कैलास सुनार पदम सिह विष्ट, अमर बुडा, लक्ष्मण अधिकारी लगायतका रहुन भएको थियो ।

बाडिकालिका एकता समाजको प्रथम साधारण सभा बाट नयाँ कार्यसमिति चयनको निमित्त गठित समितिमा संयोजक अमर बहादुर बुढा, सदस्य वेदानन्द जाशी, राजेन्द्र शाह (विपि) रहेका थिए । सबैको सर्वसहमातिमा अध्यक्षमा डम्बर खड्का, उपाध्यक्षमा भीम ब.कुमाल, उपाध्यक्ष नृग बहादुर शाह, सचिवमा जनक विक्रम सिंंह, कोषध्यक्षमा संगिता शाह, सह–सचिवमा नरेन्द्रशाही, मिन ब. धामी र सदस्यहरुमा मथुरा पाण्डेय, भरत बुढा, राजेन्द्र सार्की, भीम ब. धामी, प्रेम धामी कलक सिह बुढा, गणेश बुढा, माहासिह रावल, कल्यान विष्ट चयन भएका छन् । लोक संस्कृति, पहिचानको प्रवद्र्धन र बाजुरेली समाजको एकताको लागि आफुहरु एक जुट भएर लाग्ने खड्काले बताए ।







