कञ्चनपुर: कञ्चनपुर महेन्द्रनगरको अग्रणी छापाखाना व्यवसायी पूर्णानन्द जोशीको निधन भएकोछ । महेन्द्रनगरका छापाखाना व्यवसायी जोशीको शनिबार दिउँसो निधन भएको हो । लामो समयदेखि महेन्द्रनगरको २ नम्बर गल्लीमा मालिकार्जुन छापाखाना सञ्चालन गरिरहेका करिब ५७ वर्षिया जोशीको महाकाली प्रादेशिक अस्पतालमा निधन भएको
छ ।
दिउँसो अचानक स्वास्थ्यमा समस्या उत्पन्न भएपछि जोशी आफै अस्पताल पुगेका थिए। आफन्त लक्ष्मणदत्त पन्तका अनुसार हृदयघातका कारण जोशीको निधन भएको छ । जोशी भीमदत्त नगरपालिका–२ उल्टाखामका स्थायी बासिन्दा हुन । उनी लामो समयदेखि छापाखाना व्यवसायमा संलग्न थिए । प्रतिष्ठित व्यवसायीको अचानक भएको निधनले घरपरिवार, आफन्त सहित स्थानीय व्यापारी, व्यवसायी दुःखी भएका छन ।







