अतिक्रमित जग्गा खाली गराएर कार्यालयको भवन निमार्ण कार्यमा जुटे दोधारा चाँदनीका वडाध्यक्ष खत्री (भिडियो)

दोधारा । वर्षौ देखि सार्वजनिक अतिक्रमित जग्गा खाली गराएर दोधारा चाँदनी– ५ का वडाध्यक्ष केशव खत्रीले वडा कार्यालय बनाउने भएका छन् । बिगत लामो समय देखि भाडामा वडा नं. ५ वडा कार्यालय संचालन हुदै आएको थियो । वडाको बिकास र काम गर्न सहजताको लागी वडाध्यक्ष खक्रीले बिगत लामो समय देखि अतित्रमित हुदै आएको सार्वजनिक जग्गामा वडा कार्यालय बनाउने सुरसार गरेका छन् ।

वडाको बिष्णु टोलमा वडाध्यक्षको पहलमा २ महिना अघि माक्रै अतित्रमित जग्गालाई छुट्याएर वडा कार्यालय बनाउने तयारी थालेका छन् । वडा कार्यालय स्थापना संगै कामकाज गर्न सहज हुने वडाबासीहरुले बिश्वास लिएका छन् । वडाध्यक्ष खक्री ३ महिना अघि देखि अतित्रमित जग्गा छुट्याएर वडा कार्यालयको भवन बनाउने कसरतमा रहेका हुन् । वडाध्यक्ष खत्रीले वडा कार्यालयको भवन निमार्ण गर्ने कार्यलाई तिब्रता दिदै आएको दोधारा चाँदनी नगरपालिका वडा नं. ५ वडा कार्यालयले जनाएको छ् ।

जग्गा नजिक रहेको मलेरिया नालामा तटबन्ध निमार्ण संगै जग्गालाई समथर बनाउने तथा स्थानियबासी संग सहकार्य कार्यलाई तदारुकताका साथ अघि बढाउदै आएको स्थानियहरुले बताएका छन् । वडाध्यक्ष केशव खत्रीको उक्त कार्यालाई स्थानियहरुले प्रशंसा गर्दै आएका छन् । आज दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले वडाध्यक्ष खत्रीको पहलमा निमार्ण गर्न लागिएको वडा कार्यालय जग्गाको स्थलगत अनुगमन गरेका छन् । मेयर लिम्बुले स्थानियबासीहरु संग समेत राय लिएका छन् ।

अतिक्रमित जग्गा खाली गराएर वडा कार्यालयको भवन निमार्ण गर्न पहल गरेका वडाध्यक्षलाई मेयर लिम्बुले धन्यबाद दिदै वडाबासीको राम्रो सहयोग देखिएको बताएका छन् । वडाध्यक्ष खत्रीले वडालाई समृद्धि बनाउन गर्दै आएको प्रयासलाई मेयर लिम्बुले खुलेरै प्रशंसा गरेका थिए । बिष्णु टोलमा झण्डै ५ कट्टा बढी जग्गामा वडा कार्यालयको भवन निमार्ण गर्न स्थानियबासीहरुले वडाध्यक्षलाई सघाएका छन् ।

ताजा समाचार