मन्दिरको घण्टी चोरेको आरोपमा दुई भारतिय नागरिक पक्राउ

दोधारा । मन्दिरबाट घण्टी चोरीको आरोपमा दुई भारतिय नागरिक पक्राउ परेका छन् । दोधारा चाँदनी– २ लठ्ठाघाट स्थित कमलशा मन्दिरबाट घण्टी चारी गरेको आरोपमा उद्यमसिंह नगर (भारत) निवासी वर्ष अन्ताजी १८ का आरिप अन्सारी र वर्ष २४ का बब्लु अव्वासीलाई प्रहरीले पक्राउ गरेको छ् । मन्दिरबाट साना र मध्यम गरि २७ थान मन्दिरमा चढाएको घण्टी चोरी गरेको उनिहरु माथी आरोप रहेको छ् ।

स्थानियहरुले मन्दिरमा चढाएको घण्टी चोरी गरिरहेको भन्दै ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीलाई खबर गरेका थिए । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रनि अर्जुन सिंह साँउदको कमाण्डमा गएको टोलीले आरोपित भारतिय नागरिक आरिप अन्सारी र अव्वासीलाई पक्राउ गरि अनुसन्धान थालेको ईलाका प्रहरी कार्याल दोधारा चाँदनीले जनाएको छ् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा कवाढ खरिद गर्ने निहुमा भारतियहरुले स्थानियहरुलाई ठगी गर्दै आएको स्थानियहरुको भनाई रहेको छ् ।

ताजा समाचार