रेडक्रस सोसाईटी दोधारा उपशाखाले निशुल्क आँखा शिविर संचालन गर्ने

दोधारा । दोधारा चाादनी नगरपालिकामा आँखा शिविर संचालन हुने भएको छ् । नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखा कार्यालयको आयोजनामा एक दिने आाखा जाँच तथा उपचार शिविर संचालन हुने भएको नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाका सदस्य तथा दोधारा चाँदनी– ७ का वडा सदस्य कमला उपाध्याय्ले जानकारी दिएका छन् ।

नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखा कार्यालयको आयोजना र दोधारा चाँदनी नगरपालिका कायार्मलयको सहयोगमा एक दिने निशुल्क आँखा जाँच तथा उपचार लक्ष्मी माध्यमिक बिद्यालयमा आउदो शनिवार शिविर संचालन हुने नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाका सदस्य कमला उपाध्याय्ले बताएका छन् ।

जनतालाई घर दौलोमै स्वास्थ्य सेवाको पहुँच पुर्‍याउने उद्धेश्यका साथ आउदो शनिवार एक दिने निशुल्क आँखा शिविर संचालन गर्न लागिएको उनले बताएका छन् । शिविरमा लामो समय देखि आँखाको मोतिया विन्दु, जलबिन्दु तथा आाखामा मासु पलाएको लगाएत आँखाका समस्याको उपचार तथा परामर्श दिईने बताईएको छ् ।

ताजा समाचार

This will close in 10 seconds