
दोधारा । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा वन्यजन्तुको आतंक बढेको छ् । आज अपरान्ह दोधारा चाँदनी नगरपालिका वडा नं. २ मा स्यालको आक्रमणबाट ८ जना घाईते भएका छन् । आक्रमणमा सरिता पुजारा, सिता पुजारा, माधवी धामी, प्रेम सिंह धामी, कलावती जोशी, बेलमती जोशी, कल्पना जोशी र सुनिता भाट घाईते भएको दोधारा चाँदनी– २ का वडाध्यक्ष पदम रावलले बताएका छन् ।

समाचार तयारपारुञ्जेल उनिहरुको उपचार प्राथमिक स्वास्थ्य केन्द्रमा भईरहेको थियो । उनिहरु मध्य सिता पुजारा, सरिता पुजारा र बेलमती जोशीलाई प्राथमिक स्वास्थ्य केन्द्ले रिफर गरेको छ् । घरनजिक घाँस काट्दै गर्दा बाटोमा हिड्दै गर्दा उनिहरु माथी स्यालले आक्रमण गरेको उनिहरुले बताएका छन् । स्थानिय तथा नेपाल प्रहरीहरुले अक्रमण गर्ने स्याललाई मारेको बताईएको छ् ।







