बिपद्को पुर्व तयारी : दोधारा चाँदनीको बाढी प्रभावित क्षेत्रका स्थानियहरुको बैंक खाता खोलिदै


दोधारा । विपद् पूर्व तयारीलाई प्रभावकारी बनाउन दोधारा चाँदनी नगरपालिकाको ३ वटा वडाहरुका स्थानियहरुको बैंकमा खाता खोलिन सुरु गरिएको छ् । दोधारा चाँदनी नगरपालिकाको बाढीको जोखिममा रहेका वडा नं. ८, ९ र १० का स्थानियहरुको बैंकमा खाता खोलिन थालेको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले जानकारी दिएका छन् ।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को ‘बि रेडी’ परियोजना अनुसार दोधारा चाँदनी नगरपालिकाको बाढीबाट प्रभावित वडा ८, ९ र १० का स्थानियहरुको नाउमा सनराईज बैंकमा खाता संचालन गर्न लागिएको संयोजक सुनारले बताएका छन् । दोधारा चाँदनीका तिन वटा वडाहरुका झण्डै २ हजार ३ सय १९ घरपरिवारहरु रहेका छन् । घरमा एक जनाको समेत बैंकमा खाता संचालन नभएका घरपरिवारलाई निशुल्क बैंकको खाता खोल्न लागिएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले बताएका छन् ।

सनराइज बैंक तथा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का कर्मचारीहरुले स्थानियहरुको घरदैलोमा पुगेर खाता खोल्न थालेका छन् । बाढी आएको बेला स्थानियहरुको बैंक खातामा सहजै राहत रकम तथा अन्य सहयोग पुगाउन सकियोस् भन्ने अभिप्रयाले बैंकमा खाता खोलिएको बताईएको छ् । ‘दोधारा चाँदनी नगरपालिकाका बाढी जोखिमको संकटासन्नता वडा ८, ९ र १० मा बसोबास गर्ने तथा कुनैपनि बैंकमा खाता नभएको घरको लागी नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को ‘बि रेडी’ परियोजना अनुसार बैंकमा खाता खोल्न लागिएको हो’ नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले भने ।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को ‘बि रेडी’ परियोजना अनुसार बाढीको पुर्व तयारी प्रभावकारी बनाउन केही दिन अघि मात्रै तिनै वटा वडाहरुका मोवाईल एफ मार्फत सर्वेक्षण गरिएको थियो । घरधुरीहरुको जोखिमको अवस्था, क्षमता, श्रोत साधन, संकटासन्नता र प्रकोपहरुको पहिचान गरी प्रत्येक घरधुरीहरुलाई विपद् जोखिमको अवस्थाको आधारमा डिजिटल डाटाबेस तयार गरी न्यून, मध्यम र उच्च जोखिम का आधारमा हरियो, पहेंलो र रातो गरी तीन तहमा वर्गीकरण गरी नक्सांकन गरिएको छ् ।

 


ताजा समाचार

spot_img