दोधारा चाँदनीमा सुद्दढ परियोजनाको स्थलगत अनुगमन


दोधारा । दोधारा चाँदनी नगरपालिकामा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्दढ परियोजनाले गरेको कार्यको अनुगमन गरिएको छ् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाले गरेको कार्य प्रगतीको स्थलगत अनुगमन गरिएको हो । सुद्दढ परियोजना संचालनको लागी नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) लाई डिसीए नेपालले सहयोग गरेको छ् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनार, डिसीए नेपालका रिगेन्द्र खड्का, श्याम प्रसाद पौडेल लगाएको टोलीले दोधारा चाँदनी नगर क्षेत्रमा सुद्दढ परियोजनाले गरेको कार्य प्रगतीको अनुगमन गरेका हुन् ।

अनुगमन टोलीले दोधारा चाँदनी– ८ सुन्दरनगरमा सुन्दर कृषक समुहले जिविकापार्जको लागी गरिएको टनेल खेती, च्याउ खेती संगै वडा नं. ९ मा ईन्टरलोक ब्लक मसिनले निमार्ण गरेको ब्लकको स्थलगत अनुगमन संगै स्थानियहरु संग भेट गरेको छ् । यस्तै टोलीले दोधारा चाँदनी नगरपालिका वडा नं. ४ को चाँदनी बजारमा रेशम बादीले जुत्ता चप्पल सिउने पसलको समेत अनुगमन गरेको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले बताएका छन् । वडा नं. १० को अठार नम्वर पिल्लर बस्तीको जगबुडा नदीमा निमार्ण गरिएको जैविक तटबन्धका साथै स्थानियस्तरमा जिविकापार्जनको निम्ती परियोजनाले सघाएको टनेल खेतीमा परियोजनाले सघाएको हो । सुद्दढ परियोजनाले दोधारा चाँदनी नगर क्षेत्रमा महाकाली नदी र जगबुडा नदीको तटिय क्षेत्रमा बसोबास गर्ने स्थानियहरुको जिवीकापार्जन संगै बाढी आएको बेला र पुर्व तयारीको लागी बिभिन्न सहयोग र तालिमहरु संचालन गर्दै आएको छ् ।

दोधारा चाँदनी नगरपालिकाको बिभिन्न वडाहरुमा जिवीकोपार्जनको निम्ती स्थानियहरुलाई कृषी क्षेत्रमा आवद्ध गराएर उत्पादन बढाउने कार्यमा परियोजना लागिपरेको छ् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा परियोजनाले विपद् पूर्व तयारीलाई प्रभावकारी बनाउनुको साथै स्थानियहरुको जिवीकापार्जन तथा मझौला खालका ब्यवसायीहरुलाई सघाउदै आएको छ् । अनुमगन टोलीले दोधारा चाँदनी नगरपालिका बिभिन्न वडामा परियोजना गरेको कार्यको अनुगमन संगै प्रगतीको बिबरण संकलन समेत गरेको छ् ।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र डिसीए नेपालको ‘बि रेडी’ परियोजनाले दोधारा चाँदनी नगरपालिकाको बाढीको उच्च जोखिममा रहेका वडा नं ८, ९ र १० मा विपद् पूर्व तयारीलाई प्रभावकारी बनाउन मोवाईल एप मार्फत सर्वेक्षण समेत गरिसकेको छ् ।

 


ताजा समाचार

spot_img