दोधारा चाँदनीको प्राथमिक स्वास्थ केन्द्रमा एक महिना भित्र सर्पदंश उपचार सेवा संचालन हुने

दोधारा । दोधारा चाँदनी नगरपालिकामा रहेको दोधारा प्राथमिक स्वास्थ केन्द्रमा सर्पदंश उपचार सेवा सञ्चालन हुने भएको छ् । बिहिवार नेपाल सरकारको केन्द्रिय स्वास्थ बिभागको टोलीले दोधारा चाँदनीको प्राथमिक स्वास्थ केन्द्रमा एक महिना भित्र सर्प दंश उपचार सेवा संचालन हुने बताएको छ् । केन्द्रिय स्वास्थ बिभागको टोलिले केही स्वास्थ सामाग्री पनि प्राथमिक स्वास्थ केन्द्रलाई उपलब्ध गराएको छ् । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य रमेश लेखकले स्वास्थ केन्द्र सानो चुहिने भवनबाट प्रारम्भ हुदै अहिले राम्रो भवन, डाक्टरहरु भएको र अब थप सेवा सुबिधा उपलब्ध गराउने बताए ।

उनले विभागको टोली संग सर्पदंशको उपचार स्वास्थ्य केन्द्रबाट जतिसक्दो छिटो सञ्चालन गर्न आग्रह गर्दै अव उप्रान्त कुनै पनि मानिसले सर्पको टोकाईबाट अकालमै ज्यान गुमाउनु नपरोस् र त्यसका लागि आफु पनि सरकार समक्ष पहल गर्ने बताए । यस्तै कार्यक्रममा नवनिर्वाचित प्रदेश सभा सदस्य बेल बहादुर रानाले स्वास्थ्य केन्द्रको स्तरोन्नती तथा सेवा थप गर्न आफुसक्दो सम्पुर्ण कदम चाल्ने प्रतिवद्धता जनाए । दोधारा चाँदनीका नगरप्रमुख किशोर बहादुर लिम्बुले नगरपालिकाबाट पनि स्वास्थ्य केन्द्रमा सेवाहरु थप गर्नका लागि सहयोग गर्ने बताए । स्वास्थ्य केन्द्रका सूचना अधिकारी नन्द राज भट्टले स्वास्थ्य केन्द्र सर्पदंश उपचार सेवा नुहुदा वर्षेनी यस क्षेत्रका स्थानीयले अकालमै ज्यान गुमाउदै आएको बताए । उनले भने ‘स्वास्थ केन्द्रबाट उपचारका लागि वर्षेनी २०/२२ जना सर्पदंशका बिरामीलाई बाहिर रेफर गर्नु परेको छ् ।

सर्पदंश उपचार सेवा सुचारु भए उपरान्त बिरामीहरुले समयमै स्वास्थ केन्द्रमा उपचार पाउने छन् ।’ हाल स्वास्थ केन्द्रमा १ जना विशेषज्ञ डाक्टर, ५ जना एमबीबीएस डाक्टर, ३ जना ल्याब, २ जना बिएन र ४२ जना अन्य कर्मचारी हरु कार्यरत रहेको अधिकारी भट्टले बताए । अहिले स्वास्थ केन्द्रबाट इमर्जेन्सी साथै फार्मेसी, स्वास्थ बिमा, एक्सरे, लगायतका अन्य सेवाहरु उपलब्ध भइरहेको समेत सूचना अधिकारी भट्टले बताए ।

स्वास्थ केन्द्रका अध्यक्ष ओम बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं पुर्व मन्त्री तथा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य रमेश लेखक, नवनिर्वाचित प्रदेश सभा सदस्य बेल बहादुर राना, दोधारा चाादनी नगरपालिकाका नगर प्रमुख किशोर लिम्बु, निवर्तमान नगरप्रमुख वीर बहादुर सुनार, वडा अध्यक्ष, जनप्रतिनिधि लगाएत सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

ताजा समाचार

This will close in 10 seconds