दोधारा चाँदनीमा आँखा शिविर संचालन हुने

दोधारा । दोधारा चाँदनी नगरपालिकामा आँखा शिविर संचालन हुने भएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ४ वडा कार्यालय र नेपाल नेत्र ज्योती संघ गेटा आँखा अस्पतालको आँखा उपचार केन्द्र दोधारा चाँदनीको सहयोग तथा नेपाल रेडक्रस सोसाईटी चाँदनी उपशाखा कार्यालयको आयोजनामा एक दिने आँखा जाँच शिविर संचालन हुने दोधारा चाँदनी नगरपालिका वडा नं. ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले जानकारी दिएका छन् ।

जनतालाई घर दौलोमै स्वास्थ्य सेवाको पहुँच पुर्‍याउने उद्धेश्यका साथ आउदो शनिवार एकदिने आँखा शिविर संचालन हुने भएको वडाध्यक्ष सुनारले बताए । शिविरमा लामो समय देखि आँखाको मोतिया विन्दु, जलबिन्दु तथा आँखामा मासु पलाएको लगाएत आँखाका समस्याको उपचार तथा परामर्श दिईने बताईएको छ् ।

ताजा समाचार