दोधारा चाँदनीका मेयर लिम्बुले महाकाली नदीको ठेक्का लगाए पछि झस्कीयो भिमदत्त !


दोधारा । भीमदत्त नगरपालिकाले अघिल्लो वर्षको रोयल्टी रकम नदिएपछि दोधारा चाँदनी नगरपालिकाले यस वर्ष महाकाली नदीको आफ्नो क्षेत्रमा ठेक्का खोलेको छ् । यस अघि भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिका बीच सम्झौता भएर भीमदत्तले महाकाली नदीको रोयल्टी ठेक्का गर्दै आएको थियो । भीमदत्त नगरपालिकामा नयाँ जनप्रतिनिधी आएपछि दोधारा चाँदनी नगरपालिका सित सम्झौता नविकरण नभएर दोधारा चाँदनी नगरपालिका आफैले ठेक्का आव्हान गरेको हो । दोधारा चाँदनी नगरपालिकाले रु. एक करोड १७ लाख न्यूनतम अंक राखेर बढाबढीमा ठेक्का खोलेको छ् ।

ठेक्का दिमुक निमार्ण सेवाले भ्याट सहित झण्डै १ करोड ३२ लाख ४३ हजारमा लिएको हो । आज दोधारा चाँदनी नगरपालिका कार्यालयमा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, भिमदत्तका मेयर पदम बोग्टी लगाएत दुबै पालिका प्रतिनिधी बिच महाकाली रोयल्टी र ठेकेदारले भिमदत्त नगरपालिकाको क्षेत्रको घाट प्रयोग गरेको बिषयमा छलफल गरिएको हो । भिमदत्त नगरपालिकाले दिमुक निमार्ण सेवाले भिमदत्तको क्षेत्रको घाट प्रयोग गर्दै आएको र ढुवानी रोक्न दोधारा चाँदनी नगरपालिकालाई आग्रह गरेको छ् ।

महाकाली नदीमा भिमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाको सिमांकन नभएको र भोलीनै सिमांकन गर्न अनुरोध गरेको छ् । दोधारा चाँदनी नगरपालिकाले आइआइई गरि बोलपत्र आहृवान गरेर ठेक्का दिएको हो । दुबै पालिकाका मेयर र प्रतिनिधीको बैठकले भोलीनै महाकाली नदीमा सिमांकन गर्ने भएको छ् । अघिल्लो आर्थिक वर्ष रकम नपाएको र यस वर्ष भीमदत्तले ठेक्का खोल्न नकसेपछि दोधारा चाँदनीले ठेक्का खोलेको बताए । ‘अघिल्लो आर्थिक वर्षको रकम पनि पाएका छैनौ, भीमदत्तले यस वर्ष ठेक्का पनि लगाएन’ उनले भने, ‘त्यस कारण दोधारा चाँदनी नगरपालिका आफैं ठेक्का बन्दोवस्ती गरी अघि बढेको हो, इआए गरी ठेक्का दिएका छौ ।’

अघिल्लो आर्थिक वर्षको रोयल्टी रकमका लागि दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु दुई पटक भीमदत्त आएका छन् । भीमदत्तबाट रोयल्टी नलिई उनी रित्तो हात फर्किएका छन् । भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिका बीच आर्थिक वर्ष २०७६/०७७ देखि महाकाली नदीको रोयल्टी बाँडफाँटमा सम्झौता भएको थियो । भीमदत्त नगरपालिकाले ठेक्का व्यवस्थापन गरी सुदूरपश्चिम प्रदेश सरकारलाई दिनु पर्ने ४० प्रतिशत रकम बाहेकको आम्दानीमा ३८ प्रतिशत दोधारा चाँदनीलाई दिने सम्झौता गरिएको थियो । त्यस अनुसार दोधारा चाँदनी नगरपालिका बर्सेनी रु. ४८ लाख रोयल्टी रकम आम्दानी भएको थियो । दुई नगरपालिका बीच सम्झौता अघि भने दोधारा चाँदनी नगरपालिका आफैं रोयल्टी संकलन गर्दा बढी १५ लाख मात्रै आम्दानी गरेको थियो ।

दोधारा चाँदनी नगरपालिकाको मेयर लिम्बुले सम्झौता अनुसार बिगतका बिषयमा भिमदत्तले दोधारा चाँदनी नगरपालिकाको लाई दिनु पर्ने रकम उपलब्ध गराउन माँग राखेका थिए । महाकाली नदीको नदीजन्य पदार्थको अत्यधिक खपत भीमदत्तमा हुने भएपछि दोधारा चाँदनीका नगरपालिका तत्कालिन मेयर बीर बहादुर सुनारले भीमदत्तका मेयर सुरेन्द्र विष्ट सित छलफल गरी दुबै स्थानीय तह बीच सम्झौता गराएका थिए । दुबै स्थानीय तह बीच रोयल्टी रकम बाँडफाँटमा सहमति गराउन सुदूरपश्चिम प्रदेश सरकारका राज्यमन्क्री मान बहादुर सुनार सत्रिय भएका थिए । दुबै नगरपालिकाका प्रमुखले हस्ताक्षर गरेको सम्झौतामा दोधारा चाँदनी नगरपालिकाका तत्कालिन प्रवक्ता दिल बहादुर सिजाली, भीमदत्तका प्रवक्ता हिमाल बहादुर चन्द सहित वडा अध्यक्षहरु रोहवर बसेका थिए । भीमदत्तमा जेठ ५ गते निवर्तमान मेयर सुरेन्द्र विष्टको कार्यकाल सकिएपछि कांग्रेस सभापति पदम बोगटीले पदभार सम्हालेका छन् ।


ताजा समाचार

spot_img