दोधारा । दोधारा चाँदनी नगरपालिका वडा नं. ५ का मनकारी वडा अध्यक्ष केशव खत्रीले राज्यबाट पाउने आफ्नो तलब भत्ताबाट गरिब तथा बिपन्न एक घरपरिवारलाई खानेपानीको ब्यवस्था गरिदिएका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ५ खड्का टोलका अमर बहादुर रोकायाको घरमा वडा अध्यक्ष केशव खत्रीले आफुले पाउने तलब भत्ताबाट खानेपानी हेण्डपम्प खरिद गरिदिएका हुन् । अमर बहादुर रोकाया दिर्घ रोगी हुन् ।
आर्थिक अवस्था दैनिय रहेका रोकायाको घरमा हेण्डपम्प बिग्रिए पछि उनीहरुको जहान परिवारलाई खानेपानीको समस्या भईरहेको अवस्थामा वडाध्यक्ष खत्रीले उनको घरमै गएर एक थान हेण्डपम्प उपलब्ध गराईदिएका थिए । ३ छोराका वुवा रोकायाको घरमा खानेपानीको ब्यवस्था गरिदिएपछि निकै खुशी भएका छन् । ‘घरमा हेण्ड पम्प बिग्रिएर खानेपानीको निकै समस्या थियो । अर्काको घरको हेण्डपम्पबाट पानी प्रयोग गर्नु पर्ने भएको थियो’ अमर बहादुर रोकायाले भने– ‘वडाध्यक्षज्युले खानेपानीको ब्यवस्था गरिदिनुभएको छ्’ ।’
वडाध्यक्षले घरमा पुगेर हेण्डपम्पको एक सेट उपलब्ध गराईदिएपछि रोकाया परिवार खुशी भएका छन् । रोकायाले पिडाको बेला सहयोग गरेको भन्दै वडाध्यक्ष खत्रीलाई धन्यबाद दिएका छन् । केही दिन अघि वडाको सरसफाई कार्यक्रममा समेत वडाध्यक्ष खत्रीले आफुले पाएको तलब सुविधा सामाजिक कार्यमा खर्च गर्दै आएका बताईएको छ् । आफ्नो तलब भत्ताबाट जनताको परोपराकारी कार्यमा खर्च गर्दा वडा अध्यक्ष केशव खत्री उदाहरणीय पात्र बनिरहेका नगरबासीको धारणा छ् ।