अझै रोकिएन बडवाल टोलमा हात्तीको आतंक : त्रास र पिडा जस्ताको त्यस्तै

पप्पु गुरुङ्ग, दोधारा । दोधारा चाँदनीको बडुवाल टोलमा जंगली हात्तीको आतंक अझै रोकिएको छैन् । दोधारा चाँदनी– ३ भारतको जंगल संग जोडिएको बडुवाल टोलमा हात्तीले किसानले लगाएको अन्नबाली नष्ट गर्ने, घर नजिक आएर घरलाई भत्काउन खोज्ने गरेका करण स्थानीय बासिन्दा त्रसित हुदै आएको स्थानियहरुले बताउदै आएका छन् । घर नजिकै रहेको भारतीय जंगलबाट हात्तीको बथानले अन्नबाली संगै घर भत्काउने डरले स्थानियहरुले घर नजिकै रात्रिको समयमा ठूलो उज्यालो गर्ने बत्ती जलाउने गर्दै आएका छन् । बडवाल टोलमा विगत लामो समय देखि मानव र वन्यजन्तुबीच द्वन्द्व चलिरहेको छ् तर, उनीहरुको पीडा सुन्न कोही तयार देखिन्न् ।

हात्तीको हुल वर्षेनी आउदै गर्दा दुई वर्ष अघि मात्रै संघीय सरकारको बजेटले बडवाल टोलमा ११ थान सोर्यबत्ती जडान गरेको थियो । जडान गरिएको सोर्यबत्ती बिग्रीएको छ् । हात्तीबाट जोग्गिन संघिय सरकारले सोर्यबत्ती जडान गरेपनि मर्मत/संभारको अभावमा सोर्यबत्ती बेकामे भएको स्थानियहरुको भनाई रहेको छ् । हात्ती बस्तीमा पस्दा अन्धकारमा ज्यान बचाउन सहजताको कारण सोर्यबत्ती जडान गरिएको थियो । स्थानिय किसानहरुको खेतमा अन्नबाली हरियो हुने बित्तिकै जंगली हात्तीको बथान बस्तीमा पस्दै आएको छ् । यो क्रम अझै सम्म नरोकिएको स्थानीयबासी आशा रानाले बताएका छन् । बडवाल टोल संगै जोडिएको भारतीय जंगलबाट रातिको समयमा आउने हात्तीको बथानले विगत लामो समय देखि सताउनु सताएको छ् ।

खेतमा गहुँ, धान र मकै हरियो हुन थालेपछि बडवाल टोलमा हात्तीको ठूलो हुल रातिको समयमा पस्छ् । दर्जनौं किसानहरुले लगाएको अन्नबाली एकै रातमा नष्ट गर्छ् । यो हिजो आजको मात्रै समस्या हैन् । विगत लामो समय देखि बडवाल टोलबासीको हात्तीको त्रासद्धिबाट आजित छन् । खेतमा गहुँ हरियो भए संगै रातिको समयमा हात्तीको बथानले गहुँ खेतीलाई खाएर, उधनेर नष्ट गर्दै आएको स्थानियबासी लक्ष्मी रानाले बताएका छन् । कहेी दिन देखि फेरि हात्ती धपाउन रातको समयमा स्थानीयहरु जाग्रम बस्दै आएका छन् । समूह–समूहका जम्मा भएर अबेर रातिसम्म स्थानीयहरु हात्ती धपाउदै आएका लक्ष्मी रानाले बताए । ‘जंगली हात्ती राति सुतेको बला आएर घरमै आक्रमण त्रास बढ्दो छ’, लक्ष्मी राना भन्छिन्, ‘कतिबेला सुतेको बेला आएर हात्तीको हुलले एकै गाँस बनाउने हो थाहै छैन ।’

गएराति लक्ष्मी राना क्षेत्री, लाल बहादुर राना, पशुपती चन्द, वीर भण्डारी लगाएत एक दर्जन भन्दा बढी किसानले लगाएको गहुँवाली जंगली हात्तीले खाएर, उधनेर नष्ट गरेको स्थानियहरु बताउछन् । २०५५ सालमा दोधारा चाँदनी नगरपालिकालाई मध्यवर्ती क्षेत्र घोषणा गर्दा वन्यजन्तुबाट जिउधनको सुरक्षा संगै खेती बालीको सुरक्षा हुने स्थानीयको आशा थियो । वन्यजन्तु संरक्षणसागै आयआर्जन कार्यक्रमबाट खुशी हुनेमा सर्वसाधारण विश्वस्त थिए । तर मध्यवर्ती क्षेत्र घोषणा गरेको दुई दशक बित्न लाग्दा पनि वन्यजन्तुले गर्दै आएको क्षतिको विषयमा सरोकारवालाले स्थानीय किसानहरु खासै राहत तथा क्षतिपूर्ति नदिएको स्थानियबासीहरुको गुनासो छ् ।

ताजा समाचार

This will close in 10 seconds