प्राथमिक स्वास्थ्य केन्द्रमा अन्तरङ्ग सेवा सुरु : दोधारा चाँदनीका मेयर लिम्बुले गरे उद्धघाटन

दोधारा । दोधारा चाँदनी नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा आज देखि अन्तरङ्ग सेवा सुचारु गरिएको छ् । आज प्राथमिक स्वास्थ्य केन्द्रमा एक कार्यक्रमको बिच दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले बिधिवतरुपमा अन्तरङ्ग अर्थात बिरामी भर्ना गरि उपचार गर्ने सेवाको समउद्धघाटन गरेको प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका प्रमुख शुशिल जोशीले जानकारी दिएका छन् । उद्धघाटन कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, नगर प्रबक्ता तथा प्राथमिक स्वास्थ्य केन्द्र ब्यवस्थापन समितिका अध्यक्ष ओंम बस्नेत, दोधारा चाँदनी नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्र, प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका प्रमुख शुशिल जोशी, प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर राजेश जोशी, आशिक मंसुर, असित पोखरेल, जयनन्दन शाह लगाएत स्थानिय तथा स्वास्थ्यकर्मीको बाक्लो उपस्थिती रहेको थियो ।

दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले प्राथमिक स्वास्थ्य केन्द्र दोधाराले स्वास्थ्य सेवामा फड्को मारेको बताएका छन् । अन्य स्थानको भन्दा प्राथमिक स्वास्थ्य केन्द्र निकै सुबिद्या सम्पन्न हुदै गएको खुशी ब्यक्त गर्दै मेयर लिम्बुले अझ बिश्वसनिय तथा सुबिद्या भएको अस्पताल निमार्ण गरि जनताका सरल तथा सहज स्वास्थ्य सुबिद्या दिने हामी सबैको जिम्मेवारी रहेको बताएका छन् । पहिलो पटक अन्तरङ्ग सेवा संचालनमा ल्याउन सफल भएको भन्दै प्राथमिक स्वास्थ्य केन्द्र ब्यवस्थापन समितिका अध्यक्ष ओंम बस्नेत तथा स्वास्थ्यकर्मीको टोलीलाई मेयर लिम्बुले धन्यबाद दिएका छन् । ‘नगर क्षेत्रको लागी यो खुशीको पल हो’ दोधारा चाँदनीका मेयर लिम्बुले भने ।

प्राथमिक स्वास्थ्य केन्द्र दोधारा १५ सय्याको अस्पतालको स्त्तोरउन्नतीको तयारीमा भौतिक पुर्वाधार तयारी भईरहेको छ् । नगर क्षेत्रकै आधुनिक तथा सुबिद्या सम्पन्न अस्पतालकोरुपमा पहिचान बनाउन कार्यहरु अघि बढाईएको दोधारा चाँदनीका नगर प्रबक्ता तथा प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका अध्यक्ष ओंम बस्नेतले बताएका छन् । प्राथमिक स्वास्थ्य केन्द्रको स्त्तोरउन्नती गरि सुबिद्या सम्पन्न बनाउन अन्तरङ्ग सेवा अघि बढाईएको नगर प्रबक्ता बस्नेतले बताएका छन् । ‘नगर क्षेत्रको स्वास्थ्य संस्थालाई सुबिद्या सम्पन्न बनाउन सबैको सहयोग र सहकार्य जरुरी छ्’ दोधारा चाँदनीका नगर प्रबक्ता ओंम बस्नेतले भने । अन्तरङ्ग सेवा संचालनमा सहयोग गर्ने प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर, स्वास्थ्यकर्मी, जनप्रतिनिधी लगाएत स्थानियहरुलाई नगर प्रबक्ता बस्नेतले बिशेष धन्यबाद दिएका छन् ।

दोधारा चाँदनी नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रमा पहिलो पटक अन्तरङ्ग सेवा संचालनमा आए संगै स्थानियहरुले दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बु, नगर प्रबक्ता ओंम बस्नेत लगाएत स्वास्थ्यकर्मीहरुलाई धन्यबाद दिएका छन् ।

ताजा समाचार

This will close in 10 seconds