छाडाचौपाया ब्यवस्थापनको निम्ती दोधारा चाँदनीका मेयर लिम्बु सबै संग सहकार्य गर्दै

दोधारा । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले छाडाचौपायाका कारण किसानहरुको खेतीपाती नष्ट हुनबाट रोक्न बिभिन्न संघ– संस्था, निकुञ्ज कार्यालय, सामुदायिक बनका पदाधिकारी, स्थानियबासी संग सहकार्यलाई अघि बढाउदै लगेका छन् । आज दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, दोधारा चाँदनी नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्र, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत किशोर कुमार मेहता, सहायक संरक्षण अधिकृत प्रमोद कुमार यादव, मनोज ऐर, दोधारा चाँदनी नगरपालिकाका वडाध्यक्ष, दोधारा चाँदनी नगरपालिकामा अवस्थीत मध्यवर्ती सामुदायिक बनका पदाधिकारी लगाएत सरोकारवाला संग छाडाचौपाया ब्यवस्थापन तथा नियन्त्रण तथा किसानहरुको खेतीवाली जोगाउन छलफल गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् ।

दोधारा चाँदनी नगरपालिका क्षेत्रमा रहेको सामुदायिक बनमा छाडाचौपाया राखेर किसानहरुको खेती जोगाउने उद्धेश्य भएपनि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले सामुदायिक बनमा छाडाचौपाया राख्न नमिल्ने बताए संग समस्या श्रजना भएपछि आज शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय, नगरपालिका कार्यालय र सामुदायिक बनका पदाधिकारीहरु संग सहयोग र सहकार्यको लागी बैठक संचालन गरिएको बताईएको छ् । बनलाई जोगाउनको साथै किसानहरुको लागी देखिएको जटिल समस्याकोरुपमा हलको लागी सबैले मिलेरै काम गर्नुपर्ने शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत किशोर कुमार मेहताले बताएका छन् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा नभई अरुपालिका समेत ठुलो समस्याकोरुपमा देखा परेको छाडाचौपाया ब्यवस्थापनमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयको सदा साथ र सहयोग रहने शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत मेहताले बताएका छन् ।

‘बनहरु जोगाउनु सबैको दायित्व हो, साथै किसानहरुको अन्नवाली छाडाचौपायाले खाएर नष्ट गरेको बिषयमा सबैको साथ र सहयोग हुनुपर्छ’ शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत किशोर कुमार मेहताले भने । किसानहरुको खेतीपाती जोगाउन दोधारा चाँदनी नगरपालिकाको वडा नं. १, २, ३, ४, ५, ७ र १० वडामा रहेको मध्यवर्ती सामुदायिक बनमा खोर निमार्ण गरि छाडाचौपाया राखिएको छ् । साबिकको चाँदनी गाबिस क्षेत्रमा केही हद सम्म छाडाचौपाया समस्या नियन्त्रण भएपनि साबिकको दोधारा क्षेत्रमा छाडाचौपायाको समस्या छ् । दोधारा चाँदनी नगरपालिका संग जोडिएको भारतको ठुला प्रान्त उत्तरप्रदेश र उत्तराखण्डबाट भित्रिने तथा भिमदत्तबाट आउने छाडाचौपायाले नियन्त्रण तथा ब्यवस्थापनमा ठुलो समस्या देखा परेको दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले बताएका छन् । किसानहरुको वाली जोगाएर भोकमरीको समस्या आउन नदिन मेयर लिम्बुले हरसम्मको प्रयास जारी राख्दै आएको बताएका छन् । दोधारा चाँदनी नगरपालिका कार्यालयले छाडाचौपाया लागी अल्पकालिन र दिर्घकालिन ब्यवस्थापनको रणनिती तयार गदै छ् । नगरपालिकामा आर्थिक समस्याको कारण आगामी दिनहरुका संघिय र प्रदेश सरकारलाई सहकार्य गरेर छाडाचौपायालाई पुर्ण नियन्त्रण गर्ने योजना रहेको मेयर लिम्बुले बताएका छन् ।

छाडाचौपायाको दिर्घकालिन ब्यवस्थापनको लागी दोधारा चाँदनी नगरपालिका– १ मा झण्डै १५/२० बिघाह जग्गामा गौशाला निमार्ण गर्ने योजना रहेको दोधारा चाँदनी नगरपालिका कार्यालयको रहेको छ् । उक्त स्थानमा गोलोक धाम श्री कृष्ण आश्रम नामक संस्थाले सुरुवाती कार्य अघि बढाएको छ् । गोलोक धाम श्री कृष्ण आश्रम नामक संस्थाले सामाजसेवी जोगेन्द्र भण्डारी र दोधारा चाँदनी नगरपालिका कार्यालय संग सहयोग र सहकार्य गरि छाडाचौपायाको दिर्घकालिन ब्यवस्थापनको प्रारम्भिक निमार्ण कार्यहरु अघि बढाएको गोलोक धाम श्री कृष्ण आश्रम दोधारा चाँदनीका कोषाध्यक्ष उत्तम राज भट्टले जानकारी दिएका छन् । छाडाचौपायाको दिर्घकालिन ब्यवस्थापनको प्रारम्भिक निमार्णको लागी सामाजसेवी जोगेन्द्र भण्डारीले छाना निमार्णमा सहयोग गर्ने र जग्गा सम्याउने लगाएत अन्य कार्यमा दोधारा चाँदनी नगरपालिका कार्यालयले सहयोग गरेको उनले बताएका छन् ।

‘दोधारा चाँदनीका मेयर संग सहयोग र सहकार्यले छाडाचौपायाको दिर्घकालिन ब्यवस्थापनाको प्रारम्भिक चरणमा काम गर्दै छौं’ गोलोक धाम श्री कृष्ण आश्रम दोधारा चाँदनीका कोषाध्यक्ष उत्तम राज भट्टले बताए । आज बिहानै दोधारा चाँदनीका मेयर लिम्बु दोधारा चाँदनी नगरपालिका वडा नं. ७ कञ्चनभोजका स्थानियहरुलाई भेट गरि छाडाचौपाया ब्यवस्थापन र नियन्त्रणको बारेमा छलफल गरेका छन् । भेटमा स्थानियबासीहरुले कञ्चनभोज संग गाँसिएको भारतिय क्षेत्रमा आउने छाडा पशुचौपायाले खेती नष्ट गरेको बताएका छन् । स्थानियबासी सुरज सुनारले रातीको समयमा भारतिय नागरिकहरुले कञ्चनभोजको खुला सिमाबाट लखेटेर बस्तीमा पुगाएको कारण थप समस्या देखा परेको बताएका छन् । उनले सिमा क्षेत्रमा तारवार गर्न मेयर लिम्बुलाई माँग राखेका छन् । दोधारा चाँदनीका अर्का स्थानिय मान बहादुर गुरुङ्गले भिमदत्त र खुला सिमा क्षेत्रको कारण भारतिय क्षेत्रमा भित्रिने पशुचौपायाको कारण नगरपालिकालाई ब्यवस्थापनमा थप चुनौती रहेको बताएका छन् ।

 

ताजा समाचार

This will close in 10 seconds