मानव बेचबिखन बिरुद्ध क्रियाशिल संस्था माईती नेपालको सिमा बस्तीमा जनचेतनामुलक कार्यक्रम

दोधारा । लैंगिक हिंसा बिरुद्ध १६ दिन अभियानको अवसरमा दोधारा चाँदनी नगरपालिकामा माईती नेपाल कञ्चनपुरले जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ् । दोधारा चाँदनी नगरपािलकाको वडा नं. ७ कञ्चनभोज क्षेत्रमा ‘सभ्य समाजको पहिचान, लैंगिक हिंसा बिरुद्धको अभियान’ नारा सहित माईती नेपाल कञ्चनपुरको सहयोग र सुरक्षित संजालको सहकार्यमा जनचेनामुलक कार्यक्रम सम्पन्न गरेको सुरक्षित संजाल दोधारा चाँदनीले जनाएको छ् । दोधारा चाँदनी नगरपालिकाको कञ्चनभोज बस्तीको बन्दुके टोल नेपाल– भारत सिमा क्षेत्र आसपास स्थानियबासी तथा सिमा क्षेत्रबाट आवागमन गर्नहरुलाई पर्चा, पम्पलेट बितरण सहित मानव बेचबिखन बिरुद्धको कार्यमा एक्कबद्धता गरिएको हो ।

कार्यक्रममा माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्ट, ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका सई महेन्द्र सिंह थापा, सशस्त्र प्रहरी दोधारा चाँदनी (देबिस्थान) का प्रतिनिधी, सुरक्षित संजाल दोधारा चाँदनीका पदाधिकारी तथा स्थानियहरुको बाक्लो उपस्थिती रहेको थियो । दोधारा चाँदनी नगरपालिका क्षेत्र भारतको दुई ठुला प्रान्त उत्तराखण्ड र उत्तर प्रदेश संग जोडिएको खुला सिमा क्षेत्र भएको हुदा मानवबेचिखन जस्तो जघन्य अपराधलाई रोक्न जनचेतनामुलक कार्यक्रम गरिएको माईती नेपाल कञ्चनपुरले जनाएको छ् । बिगत लामो समय देखि सिमा नाकाबाट हुने मानवबेच बिखन क्रियाकलापलाई रोकथाम तथा न्युनिकरण गर्नमा माईती नेपालको निकै महत्वपूर्ण भुमिका रहदै आएको स्थानियहरुले बताएका छन् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा समय समयमा मानव बेचबिखन बिरुद्ध माईती नेपाल कञ्चनपुरले गर्दै आएको जनचेतनामुलक कार्यक्रम निकै महत्वपुर्ण रहेको स्थानियबासी रामसिंह खड्काले बताएका छन् ।

दोधारा चाँदनी नगरपालिकाको खुला सिमा क्षेत्रबाट विभिन्न बहानामा दलालहरु खुला सिमानाकाको बाटो भएर भारतको दिल्ली, बम्बई ,महाराष्ट्र लगाएतका ठाँउमा बेचबिखन गरिने कार्य भएको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताएका छन् । ललाई फकाई जागिर दिलाउने, आर्थिकको लोभ लालचमा पारि बेचबिखन कार्यहरु दलालले गरिरहेको उनले बताएका छन् । बिभिन्न समयमा स्थानिय सरकार संग समन्वय तथा सहकार्य गरि आमनागरिकहरुलाई पनि जनचेतना जगाईने कार्य गरिदै आएको माईती नेपाल कञ्चनपुरका संयोजक भट्टले बताए । खुल्ला सीमानाका, गरिबी, बालविवाह, जनचेतनाको अभाव, अशिक्षा लगाएका कारण मानव वेचविखनका घटना भईरहेका माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताएका छन् ।

‘खुल्ला सीमानाका, अशिक्षा, गरिबी लगाएतका कारण मानव वेचविखन भईरहेको छ् ।’ संयोजक भट्टले भने, ‘यद्यपी हामी निरन्तर यसका विरुद्ध काम गरिरहेका छौ ।’ संयोजक भट्टले मानव बेचविखन शुन्यमा झार्न सबैले आ–आफ्नो क्षेत्रबाट खट्न समेत सम्पूर्णमा आग्रह समेत गरेका छन् । पर्चापम्पलेट बितरण कार्यक्रममा स्थानिय, सामाजसेवी, जनप्रतिनिधी लगाएतहरुलाई मानव बेचबिखन बिरुद्ध एक्कबद्धताको लागी हस्ताक्षर संकलन कार्य समेत गरिएको माईती नेपाल कञ्चनपुर अन्तर्गत दोधारा चाँदनीमा गठित सुरक्षित संजालले जनाएको छ् । दोधारा चाँदनीको महाकाली झोलुङ्गे पुलमा सुचना तथा परमर्श केन्द्र स्थापना गरि विभिन्न कार्यक्रम मार्फत काम गर्दै आमनागरिकलाई मानवबेचबिखन सम्बन्धि जनचेतना जगाउदै रोकथाम तर्फ माईती नेपाल निकै सक्रिय रहेको स्थानियहरुले बताएका छन् ।

ताजा समाचार

This will close in 10 seconds