
दोधारा । ‘सभ्य समाजको पहिचान, लैगिंक हिंसा बिरुद्धको अभियान’ नारा सहित कञ्चनपुमा लैगिंक हिंसा बिरुद्धको १६ दिने अभियानको आज पहिलो दिन मानव बेचबिखन बिरुद्ध सक्रिय संस्था माईती नेपाल कञ्चनपुरले कञ्चनपुको गड्डाचौकी सिमा क्षेत्रमा हस्ताक्षर संकलन, पर्चा पम्पलेट वितरण, ब्यानर प्रदर्शन लगाएत जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ् । कञ्चनपुरको गड्डाचौकी सिमा नाकामा मानव बेचबिखन विरुद्ध तथा सुरक्षित बसाइसराई र लैगिंक हिंसा सम्बन्धी सचेतना फैलाउन एक कार्यक्रमको आयोजना गरिएको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जानकारी दिएका छन् ।


उक्त कार्यमा स्थानिय, सुरक्षाकर्मी तथा स्थानिय ब्यवसायहरुले माईती नेपाल कञ्चनपुरको कार्यक्रमलाई एकबद्धता जनाएका हो । कार्यक्रममा स्थानियबासी, सुरक्षाकर्मी, नागरिक समाज, ब्यवसायहरुको बाक्लो सहभागिता रहेको थियो । पछिल्लो समयमा बढ्दै गएको महिला हिंसा न्युनिकरणका लागि सबैको सहयोग र सहकार्य आवश्यक भएकोले सिमा क्षेत्रमा रहेका सरोकारवाला निकाय संग महिला हिंसा न्युनिकरणका लागि छलफल गरि १६ दिने अभियानको अवधिभरी कञ्चनपुरको प्रमुख नाका गड्डाचौकीमा मानव बेचबिखन विरुद्ध र लैङ्गिक हिंसा सम्बन्धी सचेतना सामग्री लेखिएको व्यानर प्रदर्शनी गरी लैिगंक हिसां विरुद्धको १६ दिने अभियान कार्यक्रमको सुरुवातको अगुवाई माईती नेपाल कञ्चनपुरले गरेको बताईएको छ् ।


कार्यक्रममा नेपाल र भारत– आवत जावत गर्ने यात्रुहरुलाई समयमै सचेत गर्न महेन्द्र राजमार्गको गड्डाचौकी सिमा नाकाका मानव बेचबिखन तथा सुरक्षित बसाईसराई, घरेलु हिंसाका सम्बन्धमा तयार पारिएको पर्चा पम्पलेट र ब्रसरहरु वितरण गरिनुका साथै सार्वजनिक यातायातमा यात्रा गर्ने महिलालाई सचेतना तथा हिंसा एवम् मानव बेचबिखन तथा ओसार पसार विरुद्धका सचेतनामुलक स्टिकर समेत टास्ने कार्य गरिएको छ् । कार्यक्रममा ईलाका प्रहरी कार्यालयका ईन्चार्ज बहादुर सिंह धामी, क्वारिन्टिन कार्यालयका प्रितम ठगुन्ना, सशस्त्र प्रहरीबलका नायब निरीक्षक विरेन्द्र सिंह भण्डारी, भन्सार कार्यालय कञ्चनपुरका कर्मचारी, बुद्धिजीवी, थ्री एन्जस नेपाल, आफन्त नेपाल लगाएत बिभिन्न संघ संस्था लगाएत स्थानिय ब्यापारी तथा आम नागरिकको सहभागिता रहेको थियो ।


उक्त कार्यक्रममा सहभागी सबैबाट कहिले कसै माथी लैगिंक हिंसा र दुव्र्यवहार नगर्ने, सहेर नबस्ने, हिंसा विरुद्ध खुलेर प्रतिकार गर्ने भन्ने प्रतिबद्धताका साथ हस्ताक्षर संकलन समेत गरिएको थियो । कञ्चनपुरमा मानव बेचबिखन तथा मानव ओसार पसार बिरुद्धमा एक मात्र क्रियाशिला संस्था माईती नेपाल रहदै हो । सन १९६० मा डोनिकन गणतन्त्रका मिरावेल परिवारका ३ जना दिदी बहिनीहरुलाई तत्कालिन त्रुजिलो तानाशाही सरकारले निर्मम हत्या गरेको थियो उक्त हत्यालाई लिंगको आधारमा हुने राजनितिक हिंसाको रुपमा लिने गरिन्छ् ।

एकै परिवारमा तिन जना दिदी बहिनीको पेट्रीया, मिर्नभा, र मरियाको हत्यालाई महिला बिरुद्धको हिंसाकोरुपमा लिएर उनिहरुको सम्झनामा १६ दिने अभियानको थालिनी गरिएको हो ।






