जनभावना अनुसार नयाँ सडक खोल्दै दोधारा चाँदनी– ५ का वडाध्यक्ष खत्री (हेर्नुस् भिडियो)

दोधारा । निर्वाचनमा जनता संग गरेको बाँचालाई पुरा गर्न दोधारा चाँदनी– ५ का वडाध्यक्ष केशव खत्री वडामा रहेको नयाँ सडक खोल्ने कार्यमा तल्लीन देखिएका छन् । केही दिन बिना रकम खर्चेर स्थानिय जनता, प्रहरी प्रशासन, संघ संस्था संग हातेमालो गर्दै वडामा रहेको सडकलाई सफा सुग्घर बनाउन चर्चा कमाएका दोधारा चाँदनी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष केशव खत्री फेरी वडाका नयाँ सडक खोलेर जनताहरुको आवागमनलाई सहज बनाउनमा थाले संग उनि चर्चाको बिषय बनेका छन् । उनले आफ्नो वडामा झण्डै २ किलोमिटर नयाँ सडक खोल्न सक्षम भएका छन् ।

स्थानियबासीहरुलाई हिडडुल गर्न लगाएत कार्यमा नयाँ सडक खोल्न आवश्यक रहेको महशुस गर्दै स्थानियहरुको माँग बमोजिम झण्डै २ किलोमिटर नयाँ सडक खोल्न सक्षम भएको दोधारा चाँदनी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष केशव खत्रीले बताएका छन् । ‘जनचाहाना अनुरुप नयाँ सडक खोलेका हौ’ दोधारा चाँदनी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष केशव खत्रीले भने । वडाध्यक्ष खबीको पहलमा नयाँ सडक संचालनमा आउन थाले संगै स्थानियहरुमा खुशी छाएको छ् । वडाध्यक्ष खत्रीले आफ्नो वडाको मलेरिया नालामा १ किलोमिटर नयाँ बाटो खोलेका छन् ।

जसबाट झण्डै ६० घरधुरी लाभान्भित भएका छन् । यस्तै उनले शेरा टोलमा झण्डै १२ सय मिटर नयाँ सडक संचालनमा ल्याएको वडाध्यक्ष खत्रीले बताएका छन् । शेरा टोलमा नयाँ बाटो संचालनमा आए संगै प्रत्यक्षरुपमा १ सय घरधुरी लाभान्भित भएको स्थानियबासी बिर बहादुर सुनारले बताएका छन् । वडाका बस्तीहरुमा आवतजावतमा असहज भएको अवस्थामा वडाध्यक्ष खत्रीले नयाँ सडक खोल्न काम गरे संगै जनमानसमा खुशीको लहर छाएको स्थानियबासी बिर बहादुर सुनारले बताएका छन् ।

वडाध्यक्ष खत्रीले नयाँ बाटो खोल्न काम मात्रै गरेनन् वडाको भट्टीनाला नजिक बिष्णु मन्दिर को वरिपरि अव्यवस्थित सरकारी जग्गा अतिक्रमण भई भोगचलन भईरहेको ५ कट्टा जगा छुट्याई सीमांकन गरी बाटो निर्माण र १ सय १० मिटर तटबन्ध निर्माण कार्य सुरु गरेको बताईएको छ् । बाटो नहुदा खेतमा हिाड्नुपर्ने अवस्था रहेको बताउदै वडाध्यक्ष केशव खत्रीले अब यहाँका स्थानीयवासीलाई हिडडुलमा निकै सहजता हुने अपेक्षा लिएको जानकारी दिए ।

ताजा समाचार

This will close in 10 seconds