बझाङ प्रदेशसभामा बामलोकतान्त्रीक गठबन्धन बिजय

बिरेन्द्र बाग/बझाङ – जिल्लाको क्षेत्र नम्बर १ र २ बाट बामलोकतान्त्रिक गठबन्धन तर्फका साझा उम्मेदवारद्वय नेपाली काङ्ग्रेसका नेता पृथ्वी बहादुर सिंह र नेकपा माओवादी केन्द्रका नेता भिम भण्डारी निर्वाचित भएका छ्न । बझाङ – १ बाट सिंहले आफ्ना निकटतम प्रतिस्प्रधी नेकपा एमालेका नेता अफिलाल ओखेडा र बझाङ – २ बाट भण्डारीले आफ्ना प्रतिद्वन्द्वी नेकपा एमालेका नेता लाल बहादुर रावललाई पराजित गर्दै निर्वाचित भएका हुन ।

हिजो देखि सुरु भएको मतगणनाको नतिजा आउने क्रममा यति खेर बझाङ १ – २ को मतगणना सकिए सङ्गै दुबै क्षेत्रमा बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बिजय भएका हुन ।
बझाङ – १ बाट पृथ्वी बहादुर सिंह ३६७९ मतान्तरले बिजय भए भने बझाङ – २ बाट नेकपा माओवादी केन्द्रका नेता तथा गठबन्धन तर्फका साझा उम्मेदवार प्रदेश सभा सदस्यमा २५४२ मतान्तरले बिजय भएका हुन ।

पृथ्वी बहादुर सिंहले बझाङ -१ बाट १६६७७मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नेता ओखेडाले १२९९८ मत प्राप्त गरेका थिए भने क्षेत्र नम्बर २ बाट भिम भण्डारीले १३८७९ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नेता तथा २०७४ को निर्वाचन बाट बझाङ – २ का लागि निर्वाचित प्रदेश सभा सदस्य एल बि रावलले मत प्राप्त गरेका थिए ।

ताजा समाचार