कञ्चनपुर क्षेत्र २ मा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार काँग्रेसन नेता एनपी साउद निर्वाचित

कञ्चनपुर : कञ्चनपुर निर्वाचन क्षेत्र २ मा नेपाली काँग्रेसका नेता एनपी साउद निर्वाचित भएका छन । बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधी सभा सदस्यका उम्मेदवार रहेका साउदले एमालेका उम्मेदवार नर बहादुर धामीलाई ८ हजार ४५५ मतको अन्तरले हराउँदै प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएका छन । गठबन्धनका तर्फबाट पुर्वमन्त्री एव केन्द्रीय सदस्य साउदले २८ हजार, १ सय, धामीले २१ हजार, ६४५ मत ल्याएका छन । सोही निर्वाचन क्षेत्रमा काँग्रेसका एनपी साउद र नर बहादुर धामी तीन पटक निरन्तर चुनावी प्रंतिस्पर्धामा उत्रिएका थिए । ०७० मा साउदले धामीलाई, ०७४मा धामीले साउद र अहिले साउले धामीलाई पराजित गर्दै प्रतिनिधी सभा सदस्य भएका छन ।

०७४मा (माओवादी–एमाले) विच बाम गठबन्धन हुँदा धामी र ०७९मा (काँग्रेस–माओवादी) लोकतान्त्रिक बाम गठबन्धन हुँदा साउद जितेका छन । यो निर्वाचन क्षेत्रमा एमाले–काँग्रेसका नेताले संघ तर्फ माओवादीसंग चुनाव जितेका छन । क्षेत्र २ बाट बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार निर्वाचन साउद सहित १० जना उम्मेदवार चुनावी मैदानमा होमिएका थिए । पहिलो पटक निर्वाचनमा सहभागि भएको राष्ट्रिय स्वतन्त्र पार्टीका झकरराज जोशीले ४ हजार ९३१, राष्ट्रिय प्रजातन्त्र पाटीका अशोक बहादुर सिह(सम्राट)ले ३ हजार, ५१०, नेपाल मजदुर किसान पाटीका सिताराम रानाले १८१, लोकतान्त्रिक समाजवादीका लोकराज भट्टले २५४, जनमत पाटीका प्रेमसिह बडाल ८७, हाम्रो पाटी नेािलका जगदिश अवस्थीले ५ सय ९८, जनता प्रगतिशिल नेपालका विद्यादेव जोशीले १०३ र नेपाली काँग्रेस विपी बीर बहादुर बोहराले ४सय २३ मत ल्याएका छन ।

०७४ मा सम्पन्न भएको प्रतिनिधी तथा प्रदेश सभा सदस्य निर्वाचनमा एनपी साउदले २४ हजार ८३९ मत ल्याएका थिए । अहिले ३ हजार २६१ मत बढि ल्याएर निर्वाचित भएका छन । गत बैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचन अनुरुप उक्त निर्वाचन क्षेत्रमा २२ हजार, ४९९, एमाले १९ हजार, २९२, माओवादी केन्द्र १२ हजार ४७८, समाजवादी ४ हजार ६६७, राप्रपा ३ हजार ७८२ र अन्यले ३ हजार ७८२मत ल्याएका थिए । यस क्षेत्रमा केही काँग्रेसका असन्तुष्टी, समाजवादीका मत एमालेमा र काँग्रेस, माओवादीका आधारभूत मत गठबन्धनमै गएको देखिन्छ । १लाख, ५ हजार ५७७कुल मतदाता मध्ये ६४ हजार, ७५२मत खसेका थिए । ५९ हजार, ८३२मत सदर भएका छन ।

ताजा समाचार

This will close in 10 seconds