कञ्चनपुर क्षेत्र नम्बर २ मा पनि निर्वाचनको सम्पूर्ण तयारी पूरा


कञ्चनपुर : कञ्चनपुर जिल्लाको क्षेत्र नम्बर २ मा पनि निर्वाचनको तयारी पूरा भएको छ । आइतबार हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको मतदान कार्यक्रमका लागि क्षेत्र नम्बर २ अन्तर्गत बेदकोट नगरपालिका अन्तर्गत रहेका मतदान स्थलको सम्पुर्ण तयारी पूरा भएको परिवर्तनका आधार युवा जनशक्ति मञ्च नेपालका राष्ट्रिय पर्यवेक्षण लोकेन्द्र सिंह धामिले बताएका छन् । उनले बैजनाथा माध्यमिक विद्यालय,पशुपति आधारभुत ,उदयदेव माध्यमिक विद्यालय , नवदुर्गा आधारभुत ,रत्न माध्यमिक विद्यालय ,अरनिको सेकेन्डरी स्कुल, शारदा माध्यमिक विद्यालय मतदान केन्द्रमा व्यवस्थापन तरिकाले तयारी पूरा भएको छ। सबै मतदान केन्द्रहरूमा आवश्यक सामग्री पठाई मतदान केन्द्रहरूमा समेत सम्पूर्ण तयारी पूरा गरिसकेको निर्वाचन अधिकृतको कार्यालयहरूले जनाएको छ। निर्वाचन क्षेत्र नम्बर २ मा ४३ मतदान स्थलमा १ सय १८ मतदान केन्द्रहरू तयार गरिएको छ । मतदान पछि झलारीकाे असैनामा रहेको कालिका माध्यमिक विद्यालयमा मतगणना गर्न आवश्यक तयारी गरिएको छ । उक्त क्षेत्रमा १ लाख ५ हजार ५ सय ७७ मतदाता छन् ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याल सहित जिल्ला सुरक्षा समितिको टोली र जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख उदयराज जोशी सहितको टोलीले समेत छुट्टाछुट्टै रूपमा कञ्चनपुरका सबै निर्वाचन अधिकृतको कार्यालयहरू, मतगणना स्थलहरू, मतदान स्थल र केन्द्रहरू तथा सीमा क्षेत्रको स्थलगत अनुगमन समेत गरेको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि मङ्सिर १ गते राति १२ बजेदेखि मङ्सिर ४ गते राति १२ बजेसम्मका लागि नेपाल–भारत सीमा नाका समेत बन्द गरिएको छ । कञ्चनपुरको दक्षिणी र पश्चिमी सीमा भारतसँग जोडिएको छ ।

नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना निर्वाचनको सुरक्षार्थ परिचालन भएका छन् । निर्वाचनलाई मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न सबै संयन्त्र परिचालन गरिएको छ । मतदाताले सुरक्षित वातावरणमा ढुक्कसँग मतदान गर्न सक्ने गरी सुरक्षा व्यवस्था समेत कडा पारिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले बताउनु भयो । प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुरका कुल ३ लाख २ हजार ५ सय ९ मतदाता मतदान गर्न योग्य छन् । प्रतिनिधि सभाका ३ र प्रदेश सभाका ६ निर्वाचन क्षेत्र रहेको कञ्चनपुर जिल्लामा १ सय ३२ मतदान स्थल र ३ सय ४६ मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख उदयराज जोशीले जानकारी दिनु भएको छ ।


ताजा समाचार

spot_img