राजावादी जिताउनु भन्दा कम्युनिष्ट जिताउने भन्दै एमाले भीमदत्तका कार्यकर्ता माओवादीमा

कञ्चनपुर : पार्टीले राजतन्त्र फकाउने एजेण्डा बोकेको पाटी राप्रपासंग गठबन्धन गरेको भन्दै एमाले दलित समुदायका नेता कार्यकर्ता धमाधम पाटी परित्याग गरिरहेका छन । दलितको मुक्तिका लागि माओवादीले बलिदान गरेर छुवाछुत मुक्त गराएको भन्दै एमाले दलित समुदायका नेता कार्यकर्ता धमाधम माओवादी केन्द्रमा प्रवेस गरिरहेका छन । नेकपा भीमदत्त नगरका युवा नेता सुरेश भट्टले एमाले सहितका अन्य पाटी परित्याग गरेर माओवादीका प्रवेसक्रम जारी रहेको बताए ।

नेता भट्टका अनुसार विशाल दमाई, बिनोद दमाई, नन्दलाल दमाई, रविन्द्र विवस, हरिना लुहार सहितका एमाले कार्यकर्ता माओवादी केन्द्रमा प्रवेस गरेका छन । उनीहरुले पार्टीले राजा ल्याउने राप्रपासंग गठबन्धन गरेको र राजावादीले जिते कम्युनिष्ट आन्दोलन खतरामा र दलितका पुरानै दिन आउने भन्दै कम्युनिष्ट आन्दोलन र दलित मुक्तिका लागि बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार टेकेन्द्र प्रशाद भट्ट, रमेश लेखक र बेल ब. राना जिताउनेदेखि भूमिका निर्वाह गर्ने बताए ।

नवप्रवेसीहरुलाई माओवादी केन्द्रका केन्द्रीय सदस्य एव बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र ३(क) प्रदेश सभा सदस्यका उम्मेदवार टेकेन्द्र प्रशाद भट्टले पाटीमा स्वागत गरेका छन । बाम र कम्युनिष्ट विच गठबन्धन हुँदा तिलको पहाड बनाउने एमाले राजा आउ देश बचाउ भन्ने पाटीसंग गठबन्धन गरेकाले कुनैदिन एमाले राजतन्त्र ल्याउन बेस नलगाउने भन्दै एमाले गाँउघरका नेता चिन्तित छन ।

ताजा समाचार

This will close in 10 seconds