कञ्चनपुर : समाजिक अभियन्ता लक्ष्मी विश्वकर्मालाई नेकपा एमालेले समानुपातिक उम्मेदवार अघि सारेको छ । आशन्न ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि विश्वकर्मालाई कञ्चनपुरबाट प्रतिनिधी सभा सदस्य समानुपातिक उम्मेदवार अघि सारेको हो । समाजिक क्षेत्रमा योगदान दिदैं आएकी विश्वकर्मा पार्टीको तर्फबाट २०७० सालको संविधान सभाको निर्वाचनमा पनि समानुपातिक उम्मेदवार भैएकी थिईन ।

बिश्वकर्माले दलित तथा महिला मुक्तिको सामाजिक आन्दोलनमा ठुलो भुमिका खेल्दै आएकी छन् । २०६२/२०६३ लगत्तै दलित महिला संघ फेडो कंचनपुरको अध्यक्ष भएर १८ वर्ष देखी सामाजिक आन्दोलन मा होमिएकि छिन । दलित महिलाको नेतृत्व विकास, महिला हिंसा र दलित मुक्तिको आन्दोलनमा सक्रिय सहभागी रहदै आएकी विश्वकर्मा दलित महिला संघ फेडोको जिल्ला अध्यक्ष, महिला मानव अधिकार रक्षक संजालको सदस्य, अन्तर पार्टी महिला संजालको सदस्य, कोषाध्यक्ष रहेकी थिइन । स्विट नेपालको सदस्य, सिप नेपालको सल्लाहकार संयोजक, दलित वर्ग उत्थान विकास समिति कंचनपुरको सदस्य, जातीय छुवाछूत निगरानी केन्द्रको सदस्य, भिमदत्त पन्थ स्मृति प्रतिष्ठान कंचनपुरको सदस्य, सुर्योदय सहकारी सस्थाको लेखा समिति सदस्य, बैजनाथ नमूना उच्च मावि महेन्द्रनगर को व्यवस्थापन समिति सदस्य लगायतका विभिन्न सामाजिक संघ, सस्थामा आवद्ध रहेकी छन् ।

प्रतिनिधि सभा, प्रदेश सभा निर्वाचन २०७९ मा नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा समानुपातिक उम्मेदवार लक्ष्मी बिश्वकर्माले भनिन् ‘विकास भनेको भौतिक संरचना मात्रै होईन, त्यो त विकासको पुर्वाधार मात्र हो । विकास भनेको जबसम्म सामाजिक रुपान्तरण (जातीय , लैङ्गिक , धार्मिक लगायत का सामाजिक विभेद को अन्त्य ) हुदैन , जबसम्म आर्थिक रुपान्तरण (गरिबी न्यूनीकरण, आर्थिक उन्नति , रोजगारी प्राप्त) हुदैन तबसम्म विकास भएको मानिदैन । समाज को जगबसाउन सबै खाले विभेद, असमानता, गरिब धनी विचको खाडल पुरिनु जरुरी छ ।’ समाजिक अभियन्त विकले समानुपातिक तर्फ एमालेलाई अमुल्य मत दिन आब्हान गरेकी छिन । घरदैलोमा हिडेकी विश्वकर्माले महिलाको हक अधिकारका लागि आफुलाई मत दिन आब्हान गरेकी छन् ।







