दोधारा चाँदनीमा मतदाताको माया बटुल्दै एमालेका उम्मेदवार निरु दि !


दोधारा । दोधारा चाँदनीका मतदाताको मुखमा एउटै नाउ झुण्डीएको छ् निरु दि ! दोधारा चाँदनी नगरपालिकाका स्थानिय मतदाताहरुले नेकपा एकपा एमालेका उम्मेदवार निरुपाललाई बिजय बनाउने बाँचा गरे संगै नेकपा एमालेका नेता तथा कार्यकर्तामा खुशीको तंरग छाएको छ् । जुन जुन स्थानमा नेकपा एमालेका उम्मेदवारलाई पुग्छन् त्यहा जनमानसको ठुलो लहर र जनमत देखिन थालेको छ् । कञ्चनपुर क्षेत्र नं. ३ प्रतिनिधी सभाको उम्मेदवारमा पहिलो पटक महिला उम्मेदवारलाई पाए संगै बढी जसो महिलाहरुले निरुपाललाई बिजय बनाउन आतुर भएका छन् । अझै सम्म कुनै पनि दलहरुले प्रतिनिधी सभामा महिला उम्मेदवार नदिएका भन्दै महिलाको बेदना महिलाले नै बुझने बताउदै यस पटको निर्वाचनमा नेकपा एमालेका निरुपाललाई बहुमतले बिजय बनाउने प्रतिबद्धता जाहेर गरेका छन् ।

दोधारा चाँदनी नगरपालिकाको वडा नं. ७ र १० मा आयोजित स्थानिय मतदाता संग भेटमा स्थानिय मतदाताहरुले उम्मेदवार निरुपाललाई यस्तो बताएका हुन् । कार्यक्रममा चुनावी प्रचारका क्रममा उनले आफूले गरेका काम र अनुभवलाई निर्धक्क संग मतदाता माँझ राखेका छन् । ‘महिलाका समस्या महिलाले बुझ्छन् । म त भात पकाएर आएको मान्छे हो नि !

भैंसी पालेर आएको मान्छे हो, धान रोपेर आएको मान्छे हो नि । तपाईंका हरेक समस्या मेरा समस्या हुन्,’ मतदाता संग निकटता कायम गर्दै उनले भनिन्, ‘महिला तथा सामाजिक समितिको सभापती हुदा महिला, बालबालिका र ज्येष्ठ नागरिकका लागि थुप्रै विधेयक बनाएका छौं ।

छोराछोरीले आमा बुवालाई वृद्धाश्रम राख्न नपाइने कडा कानून बनाएका छौं ।’ भारतले अतिक्रमण गरेको नेपाली भू–भागलाई नक्सामा कायम गर्न भूमिका खेलेको कुरालाई उनले गौरव साथ मतदाता माँझ राखिन् । उनले भनिन्, ‘चुच्चे नक्सा जारी गरिरहदा यिनै हातले सिग्नेचर गरेका हुन् ।’ प्रहरी प्रशासनले किसानलाई दु :ख दिने र तस्कर संग सेटिङ गर्ने गरेको प्रवृत्ति विरुद्ध आफू संसदमा बोलेको स्मरण गर्दै उनले भनिन्, ‘असारमा धान रोप्नु छ भने हामीले भदौ सम्म मलखाद पाउदैनौं । यहाँ पाउदै–पाउदैन, पारिबाट ल्याउन जाउ भन्दा लठ्ठी बजार्छन् ।

तस्करलाई बजारे त हामी पनि खुशी हुन्थ्यौं नि ! किसान माथि हुने अन्याय विरुद्ध हामीले संसदमा आवाज उठाएका छौं ।’ कार्यक्रममा नेकपा एमालेका कञ्चनपुर क्षेत्र नं. ३ प्रतिनिधी सभाका उम्मेदवार निरुपाल र ३ (ख) प्रदेश सभाका उम्मेदवार सुरेन्द्र बिष्टलाई बहुमतले बिजय गराउन मतदाता आतुर रहेको नेकपा एमालेका एमाले नगर सह–ईन्चार्ज गगन खत्रीले बताएका छन् । ‘जहाँ उम्मेदवार पुग्छन्, त्यहा स्थानियहरुको बाक्लो उपस्थिती रहन्छ्’


ताजा समाचार

spot_img