महेन्द्रनगर: कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिकामा रहेको एक कृषक समुहको साधारणसभा सम्पन्न भएको छ। सनिवार एक कार्यक्रमका साथ बेदकोट नगरपालिका वडा नम्बर १० मा रहेको लटैनाथ कृषक समुहको ८औं वार्षिक साधारण सभा सम्पन्न भएको लोकेन्द्र धामिले बताउनु भयो।

उनका अनुसार साधारण सभामा लटैनाथ कृषक समुहका अध्यक्ष गोविन्द सिंह धामिको सभापतित्वमा कार्यक्रमका प्रमुख अतिथि बेदकोट नगरपालिका वडा न.१० का वडा अध्यक्ष रतन सिंह बिस्ट लगायत उक्त समुहका पदाधिकारी प्रतिनिधि शेयर धनीहरु को उपस्थिति रहेको थियो। साधारण सभा बाट प्रतिनिधि चयन,सेवा शुल्क सम्बन्धमा, असुली प्रक्रिया र कर्जा बुद्धि सम्बन्धमा प्रस्तावमा छलफल गरिएको भएको छ।

जसमा कृषक समुह लाई आवश्यक पर्ने बीउ बिजनका लागि विभिन्न सम्बन्धित निकायमा धाउनका लागि उक्त समुहका सदस्य किसन सिंह भाट लाई चयन गर्ने,कर्जा लगानी मा केही वृद्धि गरि रु एक लाख पच्चीस हजार सम्म एक सदस्य लाई कर्जा दिन सकिने र कृषक समूह लाई यथासिघ्र वडा कार्यालयमा दर्ता गर्न लगायतका निर्णय गरिएका छन् ।







