दोधारा चाँदनीका मेयर लिम्बुले गरेको बाँचा अनुसार छाडा चौपाया व्यवस्थापन गर्दै : सिमापारीबाट आउने चौपायाले भयो सकस

दोधारा । दोधारा चाँदनी नगरपालिकामा बाहिरबाट जाने छाडा पशु चौपायाका कारण व्यवस्थापन कठिन बन्न पुगेको छ । भीमदत्त नगरपालिका र भारतीय सीमा क्षेत्रबाट आउने छाडा चौपायाका कारण नगरपालिकालाई व्यवस्थापनमा अप्ठेरो आएको हो । दोधारा चाादनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले स्थानीय तह निर्वाचनमा जितेपछि छाडा पशु चौपाया व्यवस्थापन गर्ने कार्य अघि बढाएका थिए । उनले निर्वाचनमा चौपाया व्यवस्थापन गर्ने प्रतिवद्धता जनाएका थिए । चुनावी प्रतिवद्धता अनुसार उनले विभिन्न वडामा खोर बनाएर चौपाया व्यवस्था गरेका छन् । मेयर लिम्बुले निर्वाचित भएपछि प्राथमिकता दिएर छाडा चौपाया व्यवस्थापनमा लागेको बताए । ‘हामीले निर्वाचित भएपछि छाडा पशु चौपाया व्यवस्थापनका लागि पहिलो प्रयास गरेका छौ, अरु कसैले गरेन, हामी गरेका छौ’ उनले भने,‘अहिले बाह्यबाट आउने चौपायाका कारण समस्यामा परेका छौ ।’ मेयर लिम्बुले खोर बनाएर व्यवस्थापन गरिएपछि चुनाव अघिको भन्दा चौपाया समस्या निकै कम भएको बताए ।

‘चुनाव लड्दा सबैमा छाडा गाई गोरुको समस्या देखिएको थियो, राति सुत्न पाएका थिएन, बालीनाली काटन पाउने अवस्था थिएन’ उनले भने,‘अहिले कम्तिमा राति सुत्न पाउने अवस्थासम्म भएको छ ।’ छाडा पशु चौपाया व्यवस्थापनका मेयर लिम्बुले शुक्लाफााटा राष्ट्रिय निकुञ्जसित लडाई गरेका छन् । दोधारा चाादनी मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले निकुञ्जले चौपाया व्यवस्थापन अवरोध गरेको थियो । लिम्बुले स्थानीय सरकारको हैसियतमा निकुञ्जसित छलफल गरी खोर बनाएका थिए । मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा खोर नबनाउन निकुञ्ज कार्यालयले पत्र गरी रोक्न लगाएको थियो । निकुञ्जको पत्रपछि केही सामुदायिक वन खोर बनाउन पछि हटेका थिए । ‘वडामा खोर बनाउन बजेट दियौ, निकुञ्जले कारवाही गर्छ भनेर डराए, वनको कानुन कस्तो हुन्छ, सबैलाई थाह छ, त्यही भएर होला’ उनले भने,‘त्यसपछि म आफैं मेयर भएर पनि सजाय भोगुला भनेर खोर बनाउन लागे ।’ दोधारा चाादनी नगरपालिका तीन वडा बाहेक अन्य वडामा चौपाया व्यवस्थापनका लागि खोर निर्माण गरिएका छन् ।

७,८ र १० का छाडा चौपायाका लागि वडा नं ७ मा खोर बनाईएका छन् । ती सबै खोरमा राखिएका चौपाया हेर्नका लागि हेराला राखिएका छन् । छाडा चौपाया व्यवस्था सुरु भएपछि मेयर लिम्बुले केही दिन भीमदत्तबाट जाने चौपाया रोक्न महाकाली नदीको चार लेन पुलमा राति आफैं खटिएका थिए । महाकाली नदी पुल बनेपछि भीमदत्तका सबै छाडा चौपाया दोधारा चाादनी जाने गरेका छन् । भीमदत्त नगरपालिकामा चौपाया व्यवस्थापनका कार्यक्रम हुन नसकेपछि बजार सहित सबै ठाउामा छाडा चौपाया देखिने गरेका छन् ।भीमदत्तमा अघिल्लो कार्यकालमा बनाइएका गौशाला सञ्चालन गर्न पनि नगरपालिका उदासिन देखिएको छ । अघिल्लो कार्यकालमा ब्रह्मदेब र बागफााटामा छाडा पशु चौपाया व्यवस्थापनका लागि गौशाला बनाइएका छन् ।

ताजा समाचार