दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा प्रहरीले स्थानीयहरुलाई कुटपिट गरेका छन् । प्रहरीले कुटपिट गर्दा स्थानीय मिना थापा, प्रकाश थापा, विजयी सिजाली र प्रकाश थापा सक्त घाईते भएका छन् । प्रहरीको कुटपिटमा परी कपिल थापा र अस्था राना पनि घाईते भएका छन् ।


उनीहरुको प्राथमिक स्वाथ्य केन्द्र दोधारामा उपचार भईरहेको छ भने मिना र विजयको थप उपचारका लागि महाकाली प्रादेशिक अस्पताल महेन्ऽनगर रिफर गरिएको छ । आज साँझ ८ बजेको समयमा दोधारा चाँदनी नगरपालिका वडा नं. ६ स्थीत रेशमी टोलमा कमल थापाको घरमा निजको छोराको अन्नप्रासन कार्यक्रम चलिरहेको बेला उक्त कार्यक्रममा निम्तामा आएका विजय सिजालीलाई विना सोधपुछ म्यादी प्रहरी सहित प्रहरीको गस्ती टोलीले स्थानियहरुलाई कुटपिट गरेको र सिजालीकी दिदी मिना थापाले भाईलाई किन कुटपिट गरेको भनी बचाउन जाँदा प्रहरीहरुले मिनालाई पनि कुटपिट गरेको चन्द्र बहादुर सिजालीले बताए ।







