दोधारा । दोधारा चाँदनी नगरपालिकामा नेकपा एमाले र राप्रपाले सयुक्तरुपमा चुनावी घरदैलो अभियानलाई तिब्रता दिएको छ् । दोधारा चाँदनी नगरपािलकाको सबै वडाहरुमा नेकपा एमाले र राप्रपा प्रचार प्रचार प्रसार कमिटिले वडाको टोल बस्तीमा आफ्नो उम्मेदवारलाई बहुमतले बिजय बनाउन घरदैलो कार्यक्रमलाई तिब्रता दिएको नेकपा एमाले र राप्रपाका सयुक्त प्रचार प्रसार बिभागका सदस्य गगन खत्रीले बताएका छन् ।


दोधारा चाँदनी नगरपालिकाका ग्रामिण बस्तीमा समेत नेता तथा कार्यकर्ताहरु परिचालन गरि प्रचार प्रसारमा तिब्रता दिएको उनले बताएका छन् । नेकपा एमाले र राप्रपाका सयुक्त उम्मेदवार निरुपाल र सुरेन्द्र बिष्टलाई बिजय बनाउन प्रचार प्रसारलाई सशक्त बनाउदै लगेको बताईएको छ् । नेकपा एमाले र राप्रपाका तर्फबाट कञ्चनपुर क्षेत्र नं. ३ प्रतिनिधी सभाका उम्मेदवार निरुपाल र कञ्चनपुर क्षेत्र नं. ३ (ख) प्रदे सभाका उम्मेदवार सुरेन्द्र बिष्ट रहेका छन् ।


सयुक्त उम्मेदवार पाल र बिष्टलाई भारी मतले बिजय बनाउन प्रचार प्रसारमा तिब्रता ल्याईएको नेकपा एमाले र राप्रपाका सयुक्त प्रचार प्रसार बिभागका सदस्य गगन खत्रीले जानकारी दिएका छन् ।







