कञ्चनपुर : तत्कालीन झलारी गाविसका अध्यक्ष टेक बहादुर हमाल प्रदेश सभा सदस्यको स्वतन्त्र उम्मेदवारका रुपमा चुनावी दौडमा लागेका छन । राजनीतिक क्षेत्रमा लामो समय देखि क्रियाशिल हमाल राजनीतिका चतुर खेलाडीका रुपमा परिचित छन । नेकपा(एमाले) कञ्चनपुरको संगठन निर्माणमा जीवनका उर्जावान समय हमालले खर्चेका छन । नेकपा(एमाले)को झलारी गाउँ कमिटि सविच भएर चार कार्यकाल विताएका छन । युवा संघको जिल्ला कमिटि सचिव, उपाध्यक्ष, प्रथम जिल्ला अधिवेशन आयोजक कमिटि सदस्य,पहिलो जिल्ला अधिवेशनबाट जिल्ला सल्लाहकार सदस्य, तीन कार्यकाल जिल्ला कमिटि सदस्य भएर कार्य गरेको अनुभव हमाल संग छ ।
प्रदेश कमिटि सचिवालय सदस्य भएकै बेला पार्टीका सबै पदबाट राजीनामा दिएर हमालले स्वतन्त्र रुपमा उम्मेदवारी दिएर काग चुनावी चिन्ह सहित चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन । पार्टीले योगदानको कदर नगरी उपेक्षा गरेपछि स्वतन्त्र रुपमा उम्मेदवारी दिएर जनताको अदालतमा उपस्थीत भएको उनको भनाई छ । हमाल हक्कि स्वभावका निडर नेताका रुपमा परिचित छन । जुनसुकै परिस्थीतिमा पनि राजनीतिक अंक गणितलाई परिवर्तन गर्न सक्ने क्षमता हमालमा रहेको उनलाई नजिकबाट चिन्नेहरु बताउ छन ।
गाविस अध्यक्ष भएकै बेला हमालकै पहलमा नेपाल टेलिकम र विद्युतको सेवा झलारी गाविसको ग्रामीण क्षेत्र सम्म विस्तार भएको थियो । हिलाम्मे सडकमा ग्राभेल राख्ने कार्य त्यस बेलानै शुरु भएको थियो । विकासको सुत्रपात गर्ने नेताका रुपमा हमाललाई यस क्षेत्रका जनताले बुझेका छन ।
स्थानिय उम्मेदवार भएकाले निर्वाचन क्षेत्र भित्रका समस्याका रुपमा हमाल जानकार छन । तीनै मुद्धालाई उनले चुनावी एजेण्डाका रुपमा अघि सारेका छन ।
‘निर्वाचन क्षेत्रमा सबै भन्दा ठुलो समस्या भनेकै नदी कटान, डुवानकै हो’ उनले भने, ‘त्यस पछि सडकको विग्रदो अबस्था हो, यी मुद्धा जहिले पनि ठुला राजनीतिक दलका उम्मेदवारले चुनावका बेला मात्रै उठाउछन, चुनाव जितेपछि ओझेलमा पार्छन, ओझेलमा परिने यी चुनावी मुद्दा पुरा गर्न कटिवद्ध भएर लाग्ने प्रण सहित चुनावी मैदानमा छु ।’
नदी, खोलामा पुलपुलेसा निर्माण, रासायनिक मल कारखाना स्थापना, खेलकुदका लागि कवर्डहल निर्माण, खानेपानी, निर्वाचन क्षेत्र भित्रका आधारभूत तह देखि माध्यमिक तह सम्म सुचना प्रविधि(आइसिटि ल्याव) स्थापना गर्ने उनको चुनावी प्रतिवद्धता छ ।
‘यी मुद्धाहरु बारे बाह्य क्षेत्रबाट चुनाव लडनका लागि मात्रै आएका उम्मेदवारले बुझेका छैनन’् उनी भन्छन, ‘चुनावका लागि मात्रै बाहिरी उम्मेदवारले गुलिया नारा लगाएर मत माग्ने हुन, मत जहिले पनि सुख दुःखमा यस क्षेत्रकै मतदाताका माझमा छु,।’ बाह्य उम्मेदवार चुनावमा सहभागी भएर पछि फर्कने हैनन, स्थानिय भएकै कारण मत जहिले पनि मतदाताकै माझमा हुने हो, यसकै आधारमा मतदाताले मतदान गरी विजयी गराउनेमा ढुक्क भएको उनको भनाई रहेको छ ।
‘मतदाताले मलाई राम्ररी नजिकबाट चिनेका छन, बुझेका छन, मतदान गर्न नाइनास्ती गर्दैनन्, जुन ठाउमा प्रचारका लागि पुगेको छु, मतदाताको सहयोग पाउने अश्वासन पाएको छु’ उनले भने । स्वतन्त्र उम्मेदवार हमालको चुनावी प्रचार शैली समेत अन्य उम्मेदवार जस्तो छैन । मतदाताको घर दैलामा पुगेर उनले चुनावी प्रतिवद्धताका बारेमा बेलिविस्तार लगाउ छन । त्यस पछि चुनाव चिन्ह चिनाउने गर्छन । मतदातालाई योग्य उम्मेदवार चयन गर्नका लागि आब्हान गर्छन । ‘रयाली व्यानर टाँगेर मतदाताले उम्मेदवारलाई पत्याउदैनन्’ उनले भने, ‘विकास, रोजगार, शिक्षा, स्वास्थ्य क्षेत्रको विकास गर्न सक्ने हैषियत राख्न सक्ने उम्मेदवारलाई मतदाताले मत दिने अठोट गरेका छन ।’ स्थानिय उम्मेदवारनै मतदातको रोजाईमा पर्ने उनी बताउ छन ।







