खडक कोली /कञ्चनपुर : डडेल्धुरा जिल्लाकाे अजैमेरु गाउपालिका कानाकाेटमा रहेकाे डागेश्वरि मन्दिरमा कार्तिक २५ गते शुक्रबार जात हुने भएकाे छ। कार्तिक ११ गते देखि लाख हबन र पुजा चलिरहेकाे र २४ गते रतेडि र २५ गते जात हुने डागेश्वरि सनातन धर्म सेवा समितिका अध्यक्ष राम दत्त पन्तले बताएका छन।

यस मन्दिरकाे स्थापना अभिलेख अनुसार १२५७ मा भएकाे अध्यक्ष पन्तले जानकारि दिए। ८ वर्ष पछि हुन गईरहेकाे जात बिभिन्न जिल्ला तथा छिमेकि राष्टबाट भक्तजन र व्यापारिहरु अाउने गर्दछन्। २०२३ सालमा बनेकाे गाेल पुरानाे तथा जीर्ण भए पछि ६ लाख बराबरकाे गाेल पनि बनाएकाे उक्त गाेलका लागि भक्तजन तथा विभिन्न वडाबासि र अरु चन्दा दाता बाट उठेकाे रकम बाट बनाएकाे समितिका सचिब विष्णु दत्त पन्तले बताएका छन।







