कानुनका विद्यार्थी धामी निर्वाचन क्षेत्र ३का उम्मेदवार चुनावी प्रचारमा


कञ्चनपुर: कानुनका विद्यार्थी शुभाष सिह धामी कञ्चनपुर निर्वाचन क्षेत्र ३मा प्रतिनिधी सभा सदस्यका उम्मेदवार भएका छन । भीमदत्त नगरपालिका ११ भुजेला निवासी २९ बर्षिया जोसिला युवक धामी क्षेत्र ३बाट स्वतन्त्र उम्मेदवार हुन ।कानुन संकायमा स्नातक गरेका धामीले उत्पादनको मुल एजेण्डा अघि सारेर चुनावमा होमिएका छन । धामीले जनताको जनजिवनमा परिर्वतन गर्नका लागि आफुले उम्मेदवारी दिएको बताए । ‘म कसैको रिस ईस्र्याले होईन, युवा र समाजका वास्तविक समस्या समाधानका लागि हुँ, ‘उनले भने, ‘स्तन्त्र ढङगबाट उठेर देश र जनताको काम गर्न सकिन्छ ।’

स्वतन्त्र उम्मेदवार धामीले उत्पादनको एजेण्डा लिएर अघि बढेका छन । ‘जबसम्म हाम्रो देशका स्वदेशमै उत्पादन हुँदैन, तबसम्म मुलुक सम्बृद्धि बन्दैन, ‘उनले भने, ‘मेरो मुख्य प्राथमिकता कृषि उत्पादनमै हुन्छ ।’ आमा चुनाव चिन्ह लिएका धामीले ‘आमा नभए सन्तान हुुँदैनन, राष्ट्र नभए नागरिक हुँदैनन् दल होईन देश बोलौँ’ नारा लिएर कृषि, स्वास्थ्य, खानेपानी, भौतिक पूर्वाधार लगायतको मुद्दा अघि सारेका छन ।’ कृषि, विज्ञान, औषधी अनुसन्धान केन्द्र खोलेर काम गर्ने धामीले बताए । ‘एकीकृत कृषि प्रणाली, आर्थिक प्रणाली अघि बढाएर जाँन्छु, ‘उनले भने, ‘शिक्षामा आधुनिकता ल्याउँछु ।’ स्वतन्त्र उम्मेदवार धामीले सुशासनका साथै क्षेत्रको सम्बृद्धिका लागि अघि बढाउने लक्ष्य रहेको बताए ।


ताजा समाचार

spot_img