क्षेत्र ३(क) स्वतन्त्र उम्मेदवार दिवान आग्री घरदैलो अभियानमा


कञ्चनपुुर : आगामी ४मसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि कञ्चनपुुर निर्वाचन क्षेत्र ३(क) प्रदेश सभा सदस्यका एक मात्र स्वतन्त्र उम्मेदवार दिवान आग्रीले घरदैलो केन्द्रीत चुनाव प्रसार प्रसार गरिरहेका छन । जाँतो चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवार आग्रीले आफ्नो निर्वाचन क्षेत्रमा घरलौलो अभियान थालेका हुन । स्वतन्त्र उम्मेदवार आग्रीका सचिवालय सदस्य रमेश पार्कीले भीमदत्त नगरपालिका र बेदकोट नगरपालिका ८ क्षेत्रका वडाहरुमा घरदैलो भईरहेको बताए ।

उनका अनुसार बेदकोट नगरपालिका ८बाट घरदैलो अभियान शुरु गरिएको छ । स्वतन्त्र उम्मेदवार आग्रीले २३ बुँदे चुनावी घोषणा पत्र लिएर घर घरमा गएर चुनाव अभियान शुरु गरिएको उनले बताए । स्वतन्त्र उम्मेदवार आग्रीका सचिवालय अर्का सदस्य चक्र बहादुर पार्कीले यस पटक दल भन्दा स्वतन्त्र उम्मेदवारलाई जिताउन जनता उत्साहित भएको बताए । दिवान आग्रीले एक घर एक रोजगारी, नागरिक विधेयक खारेजी एमसीसी, एसपिपि खारेजीदेखि एजेण्डा अघि सारेका छन । स्वतन्त्रबाटै प्रदेश सभा सदस्य दुई पटक चुनावमा होमिएका दिवान आग्रीले दलहरु कमाउधन्दा लागेको बताउदै उनले स्वतन्त्र उम्मेदवार जिताउन आब्हान गरेका छन ।

‘यहाँ ‘एमाले–काँग्रेस, माओवादी,राप्रपा’ सहित ठुला दल समुहले अपबित्र गठबन्धन गरेर जनता झुक्याउने काम गरेका छन, ‘उनले भने, ‘हामी स्वच्छ मान्छेलाई पनि जनताले रुचाएका छन ।’ चुनाव जितेपछि कुनैपनि राज्यको सेवा सुविधा नलिने घोषणा गरेका स्वतन्त्र उम्मेदवार आग्रीले सदैव देश र जतताकै हितमा काम गर्ने कमस खाईरहेका छन ।


ताजा समाचार

spot_img