कञ्चनपुर : आगामी ४ मंसिरमा हुने प्रतिनिधी तथा प्रदेश सभा सदस्यका लागि बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र २(ख) प्रदेश सभा सदस्यका उम्मेदवार बहादुर सिह थापा निरन्तर जनतामाँझ चुनावी अभियानमा जुटेका छन । आईतबार पनि क्षेत्र २(ख) बेदकोट नगरका विभिन्न टोलबस्तीमा प्रदेश सभा सदस्यका उम्मेदवार चुनावी मैदानमा होमिएका हुन । चुनावी एजेण्डा लिएर प्रदेश सभा सदस्यका उम्मेदवार थापा चुनावी अभियानमा होमिएका हुन संविधान सभा सदस्य थापा निरन्तर चुनावी महासंग्राम अभियानमा जनतासंग निरन्तर भेटघाटमा छन ।

बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रदेश सभा सदस्यका उम्मेदवार थापाले संविधानको रक्षा, व्यवस्थालाई संस्थागत गर्दै दिगो विकास र सम्बृद्धिको एजेण्डा अघि सारेका छन । ‘मैले यस अघि ०७०मा चुनाव जितेर ल्याएका भौतिक पूर्वाधार तर्फका केही बाँकी योजना अघि बढाउँछु, ‘बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार थापाले भने, ‘केही पुरा भएका छन, केही अधुरै छन, तिनीहरुलाई पुरा गर्छु ।’ चुरेदेखि दक्षिणी निकुञ्जसम्म जोडिएको आफ्नो निर्वाचन क्षेत्रको एकीकृत दिगो विकासका लागि नदी नियन्त्रणदेखि, कृषि, उद्योगको विकासमा काम गर्ने बताए । दैजी छेला औद्योगिक क्षेत्रको थप विकासका लागि समेत पहल गर्ने बताए । युवाहरुका लागि रोजगारीमुलक कार्यक्रम संचालन गर्ने, आरक्षपीडितको समस्या समाधान गर्ने, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जमिनको मालिक बनाउने जस्ता एजेण्डा अघि सारेका छन ।







