स्वतन्त्र उम्मेदवार दिवान आग्री घरदैलोमा व्यस्त


कञ्चनपुर : कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ क प्रदेश सभा सदस्यका उम्मेदवार दिवान अाग्रीले सत्तामा जानका लागि दलहरुले बिभिन्न गठबन्धन गर्ने, राजनिती लाई कमाई खाने भाँडो बनाएर राज्यको ढुकुटी समाप्त पार्ने गरेको बताएका छन्।

दलहरु जनताको एजेण्डा छोडेर सबै मिली भागबण्डा गरेर सत्तामा कब्जा जमाउने रणनिती रहेको उम्मेदवार अाग्रीले बताए ।
स्वतन्त्र उम्मेदवारी अाग्री जातो चुनावी चिन्ह लिएर चुनावी प्रतिस्पर्धामा रहेका छन। अाफु निर्वाचित भए रोजगारी सिर्जना गरी एक घर एक रोजगारी दिने उनले बताए । अाधुनिक कृषिको विकास गर्ने र व्यवसायिक परियोजना सञ्चालन गर्न पहल गर्ने उनको योजना रहेको छ।


ताजा समाचार

spot_img