कञ्चनपुर: बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र ३ ले कञ्चनपुरको भीमदत्त नगरपालिका १९ बागफाँटामा चुनावी सभा गरेको छ । शनिबार एक कार्यक्रमका विच बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र ३ ले कञ्चनपुरको भीमदत्त नगरपालिका १९ बागफाँटामा चुनावी सभा गरेको हो । बाम लोकतान्त्रिक गठबन्धन कञ्चनपुरकी नेतृ एव माओवादी केन्द्रबाट समानुपातिक उम्मेदवार माया नेगीले बाम लोकतान्त्रिक गठबन्धनका क्षेत्र ३का उम्मेदवार सहितले बागफाँटामा चुनावी सभा एव घरदैलो कार्यक्रम गरेको बताईन ।

चुनावी सभा एव घरदैलोमा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारद्वय रमेश लेखक र टेकेन्द्र प्रशाद भट्टले प्रतिगमन बिरुद्धमा संविधान जोगाउन र दिगो विकास सम्बृद्धिका लागि बाम लोकतान्त्रिक गठबन्धन भएको बताउँदै जनताको चाहना अनुरुप विकास गर्ने प्रतिबद्धता जाहेर गरेका छन । बाम लोकतान्त्रिक गठबन्धनले बागफाँटा सहितका अन्य बस्तीहरुमा समेत घरदैलो कार्यक्रम गरेको छ ।







