माओवादी कञ्चनपुरका समानुपातिक उम्मेदवार चुनावी मैदानमा होमिए


कञ्चनपुर : आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्यनिर्वाचनका लागि प्रत्यक्ष तर्फका उम्मेदवार सहितका राजनीतिक दल चुनावी प्रचारप्रसारमा होमिएका छन ।
प्रत्यक्ष तर्फका उम्मेदवारसंगसंगै समानुपातिक उम्मेदवार समेत चुनावी अभियानमा होमिएका छन । सत्ताधारी गठबन्धनका तर्फबाट कञ्चनपुरमा माओवादी केन्द्र र नेपाली काँग्रेसविच गठबन्धन भएको छ । गठबन्धन अनुरुप दुवै पाटीका प्रत्यक्ष तर्फका साझा उम्मेदवारका लागि मत मागिरहेका छन ।
गठबन्धनका प्रत्यक्ष उम्मेदवारका लागि मत माग्दै समानुपातिक तर्फ आफ्नो पार्टीको पक्षमा जनमत बृद्धिका लागि समेत चुनावी मैदानमा होमिएका छन ।

माओवादी केन्द्रले कञ्चनपुर क्षेत्र १ प्रतिनिधी सभा सदस्य पुर्व शिक्षक एव बुद्धिजिवी प्रेमसिह बोहरा, पुर्व जनसेना कमाण्डर राम बहादुर देउकर(रक्तविच) प्रदेश तर्फ महिला नेतृ दिपा चौधरी, युवा नेता फुल्न चौधरी, क्षेत्र २मा महिला नेतृ कमला ऐर र क्षेत्र ३मा महिला नेतृ माया नेगी समानुपातिक उम्मेदवार आ–आफ्नो निर्वाचन क्षेत्रमा खटिएका छन । माओवादी केन्द्रका तर्फबाट क्षेत्र ३बाट प्रदेश सभा सदस्यका लागि समानुपातिक उम्मेदवार रहेकी माया नेगीले प्रत्यक्षसंगसंगै आफुहरुपनि जनतासग मतमागिरहेको बताईन । ‘हामी सबै समानुपातिक उम्मेदवार आ–आफ्नो चुनावी क्षेत्रमा खटिएका छौँ, ‘उनले भनिन, ‘यस पटक प्रत्यक्ष तर्फ बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जिताएर, समानुपातिक तर्फ समेत मत बृद्धि गर्ने प्रयासमा छौँ ।’ ०७४मा सम्पन्न भएको प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा माओवादी केन्द्रले कञ्चनपुरमा संघ तर्फ ३३ हजार ६६५ र प्रदेश तर्फ ३४ हजार ४७९मत ल्याएर तेस्रो स्थानमा आएको थियो । माओवादी नेताहरुले यस पटक समानुपातिक मत समेत बृद्धि गर्ने हिसाबले चुनाव प्रचारप्रसारमा होमिएको बताएका छन ।


ताजा समाचार

spot_img