कञ्चनपुर : दिपावली तथा चुनावकै संघारमा मुलुक होमिएका बेला कञ्चनपुरमा नेपाल प्रहरीले सचेतना मुलक प्रचार प्रसार गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले मातहतका वडा, ईप्रका, चौकी मार्फत जिल्लाका गाँउ बस्तीहरुमा सचेतना मुलक सन्देश प्रवाह गरिरहेको छ । माईकिङ्ग मार्फत प्रहरीले यतिबेला जिल्ला भरी सचेतना मुलक सन्देश प्रवाह गरिएको छ । तिहारका बेला प्रतिबन्धीत प्लाष्टिक झोला, अनावश्यक पटका नबेचन, अत्यधिक मदिरा सेवन नगर्न जनचेतना मुलक सन्देश प्रवाह गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको आदेश अनुरुप जिल्ला भरीका प्रहरी युनिटले आ–आफ्नो कार्य क्षेत्रमा जनचेतनामुलक सन्द्रेश प्रवाह गरिरहेको छ । बेलडाँडी, बेलौरी, पुनर्वास, लालझाडी, कृष्णपुर, शुक्लाफाँटा, बेदकोट र भीमदत्तनगरका रहेका प्रहरी यूनिटले आ–आफ्नो कार्य क्षेत्रमा जनचेतनामुलक सन्द्रेश प्रवाह गरिरहेका छन । ईलाका प्रहरी कार्यालय गड्डाचौकीले समेत गाँउबस्तीमा सचेतनामुलक सन्देश प्रवाह गरिएको छ । ईप्रका गड्डाचौकी इन्चार्ज बहादुर सिह धामीले आफ्नो कार्य क्षेत्रमा तिहार लक्षित सचेतनामुलक सन्द्रेश प्रवाह गरिरहेको बताए । कञ्चनपुर प्रहरीले नागरिक सुरक्षाका लागि प्रहरीले जिल्लाभरी तिहार लक्षित गरेर सचेतनामुलक सन्देश आफै प्रवाह गरिरहेको जनाएको छ ।







