सानिमा लाइफ इन्सुरेन्सद्वारा मृत्यु दावी भुक्तानी

२ लाख ८ हजार ४ सय रुपैयाँ घरमै गएर हस्तान्तरण


कञ्चनपुर : सानिमा लाइफ इन्सुरेन्स कम्पनीले कञ्चनपुर जिल्लाको वेदकोट नगरपालिका–६ का स्व. जै बहादुर बोहराका श्रीमती मानमती बोहरा लाई मृत्यु दावी भुक्तानी वापतको २ लाख ८ हजार ४ सय रुपैयाँ घरमै गएर हस्तान्तरण गरेको हो । कम्पनीका प्रदेश प्रमुख गणेश प्रसाद उप्रेतीको अध्यक्षतामा कार्यक्रम गरी बीमितलाई छिटो छरितो मृत्यु दावी भुक्तानी गर्ने गरेको कम्पनीले सहज र सर्वसुलभ बीमा सेवाका लागि प्रतिबद्ध भएको प्रदेश प्रमुख उप्रेतीले बताए।

क्षेत्र शाखा प्रबन्धक रोशन भट्ट ले संचालन गरेको कार्यक्रममा प्रमुख अतिथिमा वडा अध्यक्ष तुलशि राना, वडा सदस्य भगिरथ खुना सानिमा लाइफका शाखाका बजार अधिकारी गणेश राज जोशी बरिष्ठ एजेन्सी म्यानेजर रुपेश के .सि, बरिष्ठ एजेन्सी म्यानेजर माधबी चन्द, सरिता चन्द ,उज्जल सिङ धानुक, अर्जुन धानुक लगाय स्थानीय सहभागी भएका थिए। । २०७८ असार मा २ लाख रुपैयाँ बीमाङ्कको बीमा गराएका बोहराले बीमा शुल्क बापत दुई किस्ता वापतको २८०३२/- मात्र बुझाएको थियो। बिरामीभइ २०७९ भाद्र १९ गते मृत्यु भएको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img