कञ्चनपुर : समाज रुपान्तरण, उत्पादनमुखी उद्योग स्थापनाका लागि कंचनपुर निर्वाचन क्षेत्र ३ बाट प्रतिनिधि सभामा दिपक बहादुर सिहले स्वतन्त्र उमेदवारि दिएका छन । उनले आफ्ना चुनावि एजेण्डा बिकासका पक्षमा भएकाे बताएका छन । एउटै ब्यक्ति लामाे समय सम्म पट्क पटक उमेदवारि दिने राजनिति लाई नै पेशा बनाएकाे, राजनिति पेशा नभएर निस्वार्थ सेवा हाे, सेवा मानिसले ५ बर्ष बढिमा १० बर्ष गरे आफ्ना एजेण्डा पूरा गर्न सकिने बताउछन ।

राजनिति पेशा बनाएका कारण मानिसहरु पटक पटक जुनसुकै हालतमा पनि टिकट ल्याएर चुनाव लड्छन यस्ताे अवस्थाले भ्रष्टाचार बढेकाे, राजनितिमा युवाहरुले काम गर्ने अवसर बाट बन्चित हुनु परेकाे लगायत कारण बाट आफुले स्वतन्त्र उमेदवारि दिएको बताएका छन । लामाे समय राजनितिमा हुदा महेन्द्रनगर आसपासमा विभिन्न सुख दुःखमा पुगेकाे, आपत बिपत पर्दा काेभिड, बाढि लगायतमा सहयाेग गरेकाे र कंचनपुमा मानिस बस्ने क्रम संगै आफ्नाे परिवार यता बसाइँ सराई गरेर आएकाे यहाँका अधिकाँस मानिस संग सम्बन्ध भएका कारण पनि बालेन जस्ताे गरेर चुनाव जित्ने दावि वहाकाे छ । सिह लामाे समय काग्रेसमा काम गरेका पुराना नेता हुन्। स्वतन्त्र उम्मेदवार सिंह नेपाली काग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहेका थिए ।







