शिक्षा स्वास्थ्य सेवामा निति गत सुधार गर्न र युवा रोजगारीका लागि पर्यटन क्षेत्रको विकास गर्न मेरो उम्मेदवारी : धर्मराज जोशी


कञ्चनपुर : कन्चनपुर निर्वाचन क्षेत्र नम्बर ३को क बाट प्रत्यक्ष उम्मेदवार धर्म राज जोशीले शैक्षिक स्वास्थ्य क्षेत्रमा सुधार गर्न अाफनो उम्मेदवारी रहेको बताए। युवाहरु वैदेशिक रोजगारमा जाँदा देशमा रहेको जनशक्ति स्वदेश मै रोजगारी सिर्जना गरेर शुदूरपश्चिममा रहेको जलश्रोत कृषि र पर्यटन क्षेत्रको विकास गरी युवाहरुलाई स्वरोजगार बनाउने उनको चुनावी एजेण्डा रहेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश अध्यक्ष समेत रहेका उम्मेदवार जोशी जनताले प्रत्यक्ष सिमा नाका समस्या समाधान गर्न पहल गर्ने बताए।

कन्चनपुरको पुनर्वासमा रहेको प्यारातालमा आफु प्रधानपञ्च भएको समयमा माछा मार्ने ठेक्का दिएको थिएँ अहिले भारतले अतिक्रमण गरेको छ। सरकार सिमा विवादमा मौन रहेको छ। उमेद्वार जोशीले देशमा मौलाउँदै गएको भ्रष्टाचार ब्याप्त छ यसको नियन्त्रणका लागि निर्वाचित भए पछि पहल गर्ने बताए। हिन्दु राष्ट्र घोषणा गर्न जनमत संग्रह गर्न पर्ने उम्मेदवार जोशी बताउँछन्। राष्ट्रिय प्रजातन्त्र पार्टीले एमाले संग तालमेल गरेर कन्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ क बाट जोशीलाइ उम्मेदवार बनाएको हो। दुइ पटक प्रधानपञ्च समेत भएका जोशी प्रदेश सभा प्रत्यक्ष तर्फ बलियो उम्मेदवार रहेको स्थानीय बताउँछन्।


Loading Viewer...

ताजा समाचार

spot_img