कञ्चनपुर : आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि क्षेत्र १बाट बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जिताउनका लागि लालझाडी गाँउपालिकाबाट दर्जनौँ युवा युवती माओवादी केन्द्रमा प्रवेस गरेका छन । शनिबार लालझाडी गाँउपालिका ४जाईमा आयोजित कार्यक्रममा माओवादी केन्द्रमा दर्जनौँ युवायुवतीले माओवादी केन्द्रमा प्रवेस गरेका छन ।

माओवादी केन्द्रमा प्रवेस गर्नेहरुलाई बाम लोकतान्त्रिक गठबन्धन प्रतिनिधी सभा सदस्यका उम्मेदवार बिना मगर, माओवादी नेता फुलन राना, दिपक तिम्लिसेना सहितका नेताले पाटीमा प्रवेस गर्नेहरुलाई स्वागत गरेका छन । सर्मिला राना सगिता राना, फिरा राना, सम्झना राना, पदमा राना, सोमबती राना, मानमती राना, बलराम राना, नारायण राना, उर्मिला राना, घुम्मन राना, रामदास राना, रामचन्द्र राना, नरेश राना, रामचन्द्र राना, जोन राना, पदम राना, हरि राना , सुरेश राना, रमेश राना, गंगा राना, हरिजित राना, अर्जुन राना लगायत दर्जनौँले माओवादी केन्द्र प्रवेस गरेका छन ।

आदिवासी जनजाति, दलित, थारु महिला, सिमान्तकृत समुदायको राजनीतिक हक अधिकारका लागि माओवादीले ठुलो परिर्वतन ल्याएको भन्दै उनीहरुले बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जिताउनका लागि माओवाी प्रवेस गरेको बताएका छन ।







