कञ्चनपुर : शनिबार पनि कञ्चनपुरमा विद्युत अवरुद्ध हुने भएको छ । महेन्द्रनगरस्थीत नेपाल विद्युत प्राधिकरणको वितरण केन्द्रका अनुसार ३२ केभी लाईनमा लागेका रुखका हागाहरु काट्नुपर्ने भएकाले शनिवार विहान ८ बजेदेखि दिउसो १ बजेसम्म विद्युत अबरुद्ध हुने भएको हो ।
महेन्द्रनगर वितरण केन्द्रले बजार, गड्डाचौकी र ्चादनी सवस्टेसन अन्तरगतका क्षेत्रहरु बजार दोधारा, भासी लगायतका क्षेत्रमा विद्युत अवरुद्ध हुने भएकाले उक्त क्षेत्रका सेवाग्राहीमा पर्न गएको असुविधाप्रति क्षमायाचना गरेको छ । नेपाल विद्युत प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रले असोज ३१ गतेदेखि विभिन्न सवस्टेसन अन्तरगत रहेका ३३ केभि प्रसारण लाईन, ११ केभि फिडरहरुमा बुस कटिंग गरिरहेको छ । उक्त कार्य आईतबारसम्म चल्ने महेन्द्रनगर वितरण केन्द्रले जनाएको छ ।







