कञ्चनपुरमा डेंगुबाट एक किशोरीको मृत्यु , १ सय ४४ जनामा डेंग

महेन्द्रनगर : कञ्चनपुरमा डेंगुका कारणले एक किशोरीको मृत्यु पनि भएको छ । बेलौरी नगरपालिका–१० की एक किशोरीको ज्यान गएको छ । बुधबार साँझ उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल लगिएकी भुडाकी १६ वर्षीया दीपा चौधरीको डेंगुका कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । करिब दुई सातादेखि उनलाई टाउको दुख्ने र ज्वरो आउने समस्या देखिएको थियो । गाउँकै मेडिकलमा उनको उपचार भइरहेको थियो । ज्वरो झनझन बढेपछि थप उपचारको लागि एक साता अघि निर्सग अस्पताल पु–याइएको थियो । उपचारकै क्रममा चौधरीको बुधबार साँझ मृत्यु भएकोथियो । चौधरी गाउँकै एक विद्यालयमा कक्षा ८ मा अध्यनरत थिइन् । कञ्चनपुरमा डेंगुको जोखिम कायमै रहेकाले सर्तकता अपनाउन चिकित्सकले आग्रह गरेका छन् ।

अहिले पनि डेंगु सार्ने लामखुट्टे नष्ट नभएका कारणले सचेत सर्तक रहन जिल्ला अस्पतालका कञ्चनपुरका किटजन्य रोग सम्बन्धि स्रोत व्यक्ति तथा औलोरोग प्रमुख शिद्धराज भट्टले जानकारी दिएका छन् । असोज महिनाको मसान्तमा अविरल पानी परेपछि पानी जम्ने सक्ने भाँडाकुँडा, प्लास्टिकका बोतल, गमला, गाडीका टायरलगायत अन्य ठाँउमा पानी जम्मा हुने स्थानमा पानी जम्ने भएकोले यसको जोखिम कायमै रहेको बताइएको छ । डेंङ्गुको प्रकोप कायमै रहेकाले यसको जोखिम नियन्त्रण गर्न सबैको साझा दायित्व रहेको उनले बताए । सबैले आ–आफ्नो घर, टोल, समाज, कार्यालय लगायतका स्थानमा त्यहाँ वरिपरीको सरसफाइ गर्नु तथा पानी जम्न नदिनु नै डेंङ्गु नियन्त्रणको उपाय रहेको उनको भनाई रहेको छ । अहिले पनि जिल्लामा रहेका ९ वटा पालिकामा १ सय ४४ जनामा डेंङ्गु रोग देखा परेको छ । सबैभन्दा बढी डेंङ्गुका बिरामीहरु दोधारा चादनीमा रहेका छन् ।

उक्त पालिकामा ४९ जनामा डेंङ्गु पुसष्ट भएको छ । यसैगरि अन्य पालिकामा भीमदत्त नगरपालिकामा १८ जना, वेदकोट नगरपालिकामा १२ जना, शुक्लाफाँटामा ८ जना, कृष्णपुरमा ५ जनामा डेंङ्गु पुष्टि भएकोजिल्ला स्वास्थ्इ कार्यालकाय औलो रोग प्रमुख भट्टले जानकारी दिएका छन् । यसैगरी,पुर्नवास नगरपालिकामा ३४ जना, बेलौरी नगरपालिकामा १२ जना, लालझाडी गाँउपालीकामा २ जना, र बेलडाँडी गाँउपालिकामा ४ जनामा डेंङ्गु पुष्टि भएको छ । डेंङ्गुका बिरामीमा उच्च ज्वरो आउनु, टाउँको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, आँखाको गेडी दुख्ने, जीउ तथा जोर्नी दुख्ने लगायतका लक्षण देखिने गरेको छ । यस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा उपचार गराउन चिकित्सकको सुझाव छ । डेंङ्गु लामखुट्टको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य सरुवा रोग हो । यो एडिस एजप्टाई– एलबोपिक्टस जातको सङ्क्रमित लामखुट्टको टोकाइबाट मात्रै यो रोग सर्दछ । यो लामखुट्टेलाई टाइगर मसकुइटो पनि भनिन्छ ।

ताजा समाचार