क्षेत्र १ नागरिक उन्मुक्ति पाटीका प्रदेशका उम्मेदवार पल्टु राना बिरुद्धमा भ्रष्टाचार गरेको आरोपमा विशेष आदालतमा मुद्दा


कञ्चनपुर: कञ्चनपुर निर्वाचन क्षेत्र १(क) मा नागरिक उन्मुक्ति पाटीबाट प्रदेश सभा सदस्यका उम्मेदवार पल्टु राना बिरुद्धमा भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ । प्रदेश सभा सदस्यका उम्मेदवार पल्टु राना तत्तकालिन महेन्द्रनगर नगर विकास समितिका अध्यक्ष हुँदा अनाधिकृत रुपमा जमिन बिक्रि वितरण र घोटाला भ्रष्टाचार गरेको भन्दै अख्तियारले विशेष अदालतममा मुद्दा दायर गरेको हो ।

राना बिरुद्धमा भ्रष्टाचार निवार ऐन ०५९को दफा २४बमोजिम ३७ लाख ९२ हजार बिगो सहित थप कैद सजायको मागदावि गरेर विशेष आदालतमा मुद्दा दायर भएको छ । उनी सहित ३७जना बिरुद्धमा विशेष अदालतमा मुद्दा दायर गरिएको अख्द्यितयारले जनाएको छ । उम्मेदवार समेत रहेका राना बिरुद्धमा भ्रष्टाचार मुद्दा दायर भएसंगै उनीमाथि क्षेत्र १का नागरिक एव मतदाताहरुले प्रशन गरिरहेका छन । भ्रष्टाचारको मुद्दा लागेको भन्दै सफाई पाएपछि मात्रै जनताको घरदैलोमा मत माग्न आउने भन्दै जनता उनीप्रति आक्र्रोसित भएका छन ।

सार्वजनिक पद पाए लगत्तै भ्रष्टाचार र अनियमितता गर्ने भन्दै त्यस बिरुद्धमा जनताले भ्रष्टाचारकै कारण विशेष अदालतमा मुद्दा दायर भएका उम्मेदवारले जनता सामु के मुख ल्याएर आउने भन्दै आक्र्रोस पोखिरहेका छन । उद्यपी उनीमाथिको आरोप अहिल्यै प्रमाणित नभएपछि सरकारी सम्पत्ती हिनामिना प्रकरणमा भने मुछिएका छन ।


ताजा समाचार

spot_img