विकासका लागि एमालेले सिन्को भाँच्न सकेन, एमाले चरम अधिनायकबाद हो ः पुर्वमन्त्री साउद

कञ्चनपुर : नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री एनपी साउदले एमाले नेतृत्वको सरकारले विकासका नाममा सिन्को भाँच्न नसकेको बताएका छन । बुधबार कृष्णपुरमा बाम लोकतान्त्रिक गठबन्धनको चुनावी भेटघाट कार्यक्रममा सम्बोधन गर्दै काँग्रेस नेता साउदले एमाले नेतृत्वको सरकारले विकासका नाममा सिन्को भाँच्न नसकेको बताएका हुन ।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले एकलौटी साढे तीन बर्ष सरकार चलाएपनि मुलुकमा भ्रष्टाचार, अनियमितता, महङगी बढेको तर, जनताको सेवा नपाएको बताएका हुन ।

निर्वाचन क्षेत्र २ का बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार समेत रहेका साउदले काँग्रेस र माओवादी प्रगतिशिल रुपान्तरणका शक्ति भएकाले संयुक्त रुपमा अहिले दुवै शक्ति चुनावमा होमिएको बताए । एमालेमा चरम अधिनायकवाद हावि भएको बताउँदै उनले अछामबाट एमालेले सर्वसम्मत सिफारिस गरेका उम्मेदवार नेतृत्वबाट काटिदिएको बताए । भीम रावलको टिकट खोसिएको प्रसङ्ग जोड्दै उनले एमालेमा अधिनायक पाटी भएको प्रमाणित भएको बताए । नेता साउदले शिवी मैनाली झलनाथ खनाल, माधव कुमार नेपालले नेतृत्व गरेको एमाले पाटीमा नेतृत्व लखेटिने संस्कृती रहेको बताए ।

आफु सिँचाईमन्त्री हुँदा साउदले महाकाली तेस्रो. चरणको नहर निर्माण कार्य अघि बढेको बताउदै उनले कैलाली कञ्चनपुरमा सिँचाई तर्फ कृषि कान्ति हुने बताए । नेता साउदले यस अघि उक्त क्षेत्रबाट जितेका एमाले नेता नर बहादुर साउदले जनअपेक्षा अनुरुप काम गर्न नसकेको बताए । ‘एमाले झुटको खेत गर्दै जान्छ, ‘उनले भने, ‘एमाले झुट, प्रपोगाण्डा बाहेक केही गर्दैन ।’ एनपी जितेर गएपछि क्षेत्र २को बृद्धि विकासका लागि काम गर्ने घोषणा गरेका छन ।

ताजा समाचार

This will close in 10 seconds