कञ्चनपुर : कञ्चनपुर क्षेत्र २(क) प्रादेशिक निर्वाचन क्षेत्रबाट एमाले बागी उम्मेदवार टेक बहादुर हमालका लागि एमाले क्षेत्र २का प्रभावशाली नेता जयराज पाण्डे मत मागिरहेका छन ।
एमाले कृष्णपुरका स्थानीय समेत रहेका रहेका पाण्डेले स्वतन्त्र उम्मेदवार हमालका लागि समाजिक सञ्जाल मार्फत खुलेयाम मत मागिरहेका छन । मंसिर ४ आफ्नो अमुल्य मत टेक बहादुर हमाल चुनाव चिन्ह कागमा मतदान गरी विजयी गराउन विनम्र अनुरोध गरेका छन । क्षेत्र २(क)मा टिकट विवादको विषयमा टेक हमाल र जयराज पाण्डेले एमाले परित्याग गरेका थिए । एमाले शुक्लाफाँटा नगरका प्रभावशाली नेता हमाल स्वतन्त्र रुपमा उम्मेदवारी दिएर काग चुनाव चिन्ह पाएर चुनावमा होमिएका छन ।

एमाले कृष्णपुरका प्रभावशाली नेता पाण्डे पाटी परित्याग गरेर स्वतन्त्र(बागी) उम्मेदवार हमाल जिताउनका लागि एमाले नेता कार्यकर्तासंग मत मागिरहेका छन । उक्त निर्वाचन क्षेत्रमा एमालेमा सिफारिस भन्दै गैर सिफारिस व्यक्तिलाई टिकट दिएको भन्दै नेता कार्यकर्ता बागी उम्मेदवारदेखि पाटी परित्याग गरेर एमालेका आधिकारिक उम्मेदवार हराउने अभियानमा जुटेका छन । स्वयम एमाले नेता कार्यकर्ता नै आफ्नो उम्मेदवार हराउन थालेपछि बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बलिया बन्दै गएका छन ।







