क्षेत्र ३ मा बाम लोकतान्त्रिक गठबन्धन चुनावी प्रचारप्रसारमा जुट्यो संविधान र व्यवस्था जोगाउन बाम लोकतान्त्रिक गठबन्धन गरिएको हो : लेखक


कञ्चनपुर : आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार चुनावी प्रचारप्रसारमा जुट्ेका छन । कञ्चनपुर क्षेत्र ३ मा बाम लोकतान्त्रिक संयुक्त गठबन्धन चुनावी प्रचारप्रसारमा जुटेका हुन । सोमबारदेखि भीमदत्त नगरपालिका १८ जनज्योती टोलदेखि बाम लोकतान्त्रिक संयुक्त गठबन्धन चुनावी प्रचारप्रसारमा होमिएका छन । क्षेत्र नम्बर ३ बाट बाम लोकतान्त्रिक तर्फबाट प्रतिनिधी सभा सदस्यका उम्मेदवार रमेश लेखक, २(क) प्रादेशिक निर्वाचन क्षेत्रका उम्मेदवार टेकेन्द्र प्रशाद भट्ट र ३(ख) प्रादेशिक निर्वाचन क्षेत्रका उम्मेदवार बेल बहादुर राना, काँग्रेसबाट समानुपातिक यज्ञराज जोशी, मधु भारती, माओवादीबाट माया नेगी सहित काँग्रेस, माओवादीका नेता कार्यकर्ता सयुक्त रुपमा चुनावी प्रचारप्रसारमा होमिएका छन । बाम लोकतान्त्रिक गठबन्धनको औचित्य पुष्टी गर्दै नेताहरु टोल टोलमा गईरहेका छन ।

जनज्योती टोलमा आयोजित कार्यक्रममा बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट क्षेत्र ३का प्रतिनिधी सभा सदस्य उम्मेदवार रमेश लेखकले संविधानको रक्षर््ाा र व्यवस्था जोगाउनका लागि बाम लोकतान्त्रिक गठबन्धन गरिएको बताए । लेखकले संविधानका साथै व्यवस्था र दिगो विकास सम्बृद्धिका लागि बाम लोकतान्त्रिक गठबन्धन गरिएको बताए । प्रचारप्रसारमा बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट सहभागि दलका नेता कार्यकर्ता उत्साहित भएका छन । दुर्ई दुई पटक संविधानको हत्या गरेर आफु राजतन्त्र ल्याउने पार्टीसंग चुनावी गठबन्धन गर्ने र अनि राष्ट्रियताका मुद्दा उठान गर्ने दल काँग्रेस, माओवादीको गठबन्धन बिरुद्धमा भ्रम सृजना गर्ने प्रतिगमन ल्याउने मतियार बिरुद्धमा जनतालाई सचेत गराईरहेको बाम लोकतान्त्रिक गठबन्धनका नेताहरुले बताएका छन ।


ताजा समाचार

spot_img