समाजवादी क्षेत्र २(ख)मा चुनावमा होमियो


कञ्चनपुर : नेकपा एकीकृत समाजवादी क्षेत्र २मा चुनावमा होमिएको छ । कञ्चनपुर निर्वाचन क्षेत्र २ (ख) चुनावमा होमिएको हो । नेकपा एकीकृत समाजवादीका युवा नेता प्रज्वल कुँवरले चुनावमा होमिनका लागि नेता कार्यकर्ताहरुलाई जिम्मेबारी दिएको बताए । उनका अनुसार नेकपा एकीकृत समाजवादीले सुरेन्द्र केसीका नेतृत्वमा निर्वाचन परिचालन कमिटी बनाएको छ । समाजवादीका सुदूरपश्चिम इन्चार्ज गरिमा शाहको प्रमुख आतिथ्यमा बैठक गरी परिचालन लगायतका समिति गठन गरिएको छन् ।

समावादीका नेता वीर बहादुर बुढाथोकी संयोजकत्च्वमा प्रचारप्रसार समिति गठन गरिएको छ । उनी प्रतिनिधि सभाका समानुपातिक उम्मेदवार छन् । समाजवादीले हरिराम चौधरीलाई आर्थिक परिचालन, प्रज्ज्वल कुवरलाई युवा विद्यार्थी र सृजना भण्डारीलाई महिला परिचालन समितिको संयोजक बनाएको छ ।
बैठकमा इन्चार्ज शाह सहित स्थायी कमिटी सदस्य उर्वा दत्त पन्त, प्रदेश कमिटी अध्यक्ष हर्क बहादुर सिंह, केन्द्रिय कमिटी सदस्य एवम् प्रदेश सभा २९ख० का उम्मेदवार लाल बहादुर खडका लगायतका सहभागी भएका छन् । समाजवादीले क्षेत्र २(ख)मा युद्धस्तरमा चुनावमा होमिन लागेको जनाएको छ ।


ताजा समाचार

spot_img