महेन्द्रनगर : मंसिर ४मा हुन गईरहेको निर्वाचन, दलहरुविचको प्रतिस्पर्धा मात्र नभई राष्ट्र रहने कि नरहे भन्ने लडाई पनि भएको नेकपा एमालेका प्रदेश सहईञ्चार्ज राजेन्द्र रावलले बताए ।
नेकपा(एमाले) कञ्चनपुरको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. ३(२)मा निर्वाचन सम्पर्क कार्यालयको समुद्धघाटन कार्यक्रममा उक्त कुरा बताएका हुन् । ‘मंसिर ४को निर्वाचन एमाले, माओवादी, जनमोर्चा र कांग्रेस पार्टीहरुको विचको प्रतिस्पर्धा मात्र होईन,’ उनले भने ‘यो निर्वाचन राष्ट्र रहने की नरहने लडाई समेत हो ।’
माओवादी का्रग्रेसले सत्ताका लागि राष्ट्र साट्ने कार्य गरेको समेत आरोप लगाए । ‘हामीहरुले बुझ्नुपर्छ, दुई विपरित सिद्धान्त भएका पार्टीविच तालमेल किन
ग¥यो ? शक्ति पृथकिकरणको सिद्धान्त कोल्याप्स गर्न,’ नेता रावलले भने ‘देशमा एमसिसि, नागरिकता विधेयक जस्ता राष्टघाति विधेयक संसदबाट पास गरी शत्तासंग राष्ट्र साट्ने कार्य कांग्रेस माओवादीले गरे, देशलाई सिक्कीमीकरण
गरे ।’
त्यसैगरी कार्यक्रममा बोल्दे प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. ३ का एमाले उमेदवार निरुदेवी पालले एमाले सरकारले सुकुमबासीहरुलाई लालपुर्जा पाउने अवस्थामा पु¥याए पनि सरकार ढल्दा उक्त कार्य पुरा हुन नपाएको बताईन् । कांग्रेसले एमाले सरकार ढलाएर सुकुमबासीहरुलाई लालपुर्जा बाड्नबाट रोकेको बताईन् । ‘कांग्रेसले एमाले सरकार ढलाएर पहिलो प्रहार सुकुमबासी आयोगमा गरेको हो,’ नेता पालले भनिन् ‘उनीहरुको प्रहारबाट डेढ बर्षसम्म सुकुमबासी आयोग नै ढलमल
बन्यो ।’
महाकाली अस्पतालको उदाहरण दिदै विकास गर्ने कुरामा आफुले सक्दो प्रयास गरेको समेत उनले बताईन् । महाकाली अस्पतालमा तल बोक्सर देखिएता पनि माथि मन्त्रालहरुबाट आवश्यक बजेट आफुले नै हाल्न लगाएको स्मरण गरिन् । ‘महाकाली अस्पतालकै कुरा गरौ, तल बोक्सर देखिएता पनि मन्त्रालयहरुबाट बजेट त हाल्न लगाएको त मैले नै हो, ’ नेत पालले भनिन् ।
त्यसै गरी प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं.
३(२) का एमालेका उमेदवार तथा एमालेका जिल्ला अध्यक्ष समेत रहेका सुरेन्द्र विष्टले अधुरा कार्य पुरा गर्न र केही नया कार्यहरु थालनी गर्ने बताए । ‘म नगरप्रमुख हुदा पनि धेरै कार्य भएका छन् । त्यसमा केही कर्यहरु अझै पनि अधुरा छन् ति कार्यहरुलाई सम्पन्न गर्न र केही नया कार्यको थालनीका लागि एमालेलाई भोट दिन आवश्यक छ,’ अध्यक्ष विष्टले भने ।
माओवादी र कांग्रेस गठबन्धनले मिलिजुली भ्रष्टाचार गर्ने बाहेक अन्य केही पनि गर्न नसक्ने निर्वाचन क्षेत्र नं. ३ का निर्वाचन परिचालन कमीटी संयोजक ईश्वरी प्रसाद खरेलले बताए ।
नेकपा(एमाले)ले प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. ३(२)को निर्वाचन सम्पर्क कार्यालय उद्धघाटन कार्यक्रमको सभापतित्व उक्त क्षेत्रका निर्वाचन परिचालन कमिटि संयोजक विष्णु कडेलले रहेका थिए । भने प्रमुख अतिथिमा एमाले सुदूरपश्चिम प्रदेश सहईञ्चार्ज राजेन्द्र रावल रहेका थिए । कार्यक्रममा राप्रपाका नेता करन पाल लगायतका राप्रपाका कार्यकर्ता तथा एमालेका जनवर्गिक संगठनमा आवद्ध नेता कार्याकर्ता तथा सर्वसाधारणहरुको सहभागिता रहेको
थियो ।







